Logo

Student Corner

विज्ञान र मानव जीवन

Written by: Kriti Nepal - 24020, Grade XI

Posted on: 15 July, 2022

हामी विज्ञान र प्रविधिको आधुनिक युगमा बाँचिरहेका छौँ । विगतका वर्षहरूमा वैज्ञानिकहरूले धेरै अद्भूत चीजहरू आविष्कार गरेका छन् । जसले मानव प्रगतिका लागि निकै सहयोग पुर्याएका छन् । आश्‍चर्यजनक रूपमा ती आविष्कारले आराम र विलासिता पनि बढाएका छन् । विज्ञानकै कारण विगतमा असम्भव भनिऐका कुराहरू पनि अहिले आएर सजिलै सम्भव भएको देख्न सकिन्छ। 
मानिसहरूले विज्ञान र प्रविधिकै सहयोगले अज्ञानताबाट पर्दा हटाएर नयाँनयाँ कुरा आविष्कार गरी विभिन्‍न क्षेत्रहरूमा आफ्नो सफलता देखाएका छन् । आज हामीसगँ बस, कार, जहाज आदि जस्ता द्रुत यातायातका साधनहरू छन् जसकाे सहयोगले हामी थोरै समयमा धेरै टाढा जान सक्छौँ । त्यसैगरी मोबाइल, टेलिफोन जस्ता साधनले हामीलाई विभिन्न ठाउँमा भएका मानिसहरूसगँ सजिलै सम्पर्क गर्न सक्ने बनाएका छन् यो सब विज्ञानकै चमत्कार हो । यति मात्र नभएर इन्टरनेट जस्तो सुविधाले मानिसको साधारण जीवनमा परिवर्तन ल्याएको छ । विज्ञान अद्भूत औषधीहरू तयार गर्ने एउटा आधार बनेको छ । जसले हामीलाई तत्काल राहत दिन्छ र धेरै खतरनाक र घातक रोगहरूबाट लडेर जित्न मद्दत गर्छ ।
हाम्रो जीवनमा सबैभन्दा उल्लेखनीय वैज्ञानिक सफलता भनेको बिजुलीको आविष्कार हो। बिजुली प्रकाश र शक्तिको श्राेत हाे । जुन विज्ञानकाे खाेजले गर्दा हामी अहिले हाम्रो दैनिक जीवन चलाउन प्रयोग गर्छौँ। राति वा अँध्यारो ठाउँमा हेर्न सजिलो बनाउनेदेखि लिएर हरेक काममा बिजुलीलेकाे उपयाेग हुन्छ । बिजुलीको आविष्कारले संसारबाट अन्धकार हटेको छ । मानवीय जीवनलाई सजिलो बनाएको छ । मानिसलाई धेरै रोगबाट बचाउन विज्ञानको सहयोगमा धेरै खोप र औषधीहरू पत्ता लागेका छन् । आजकल शल्यक्रियाद्वारा मानव शरीरका हरेक अङ्ग प्रत्यारोपण गर्न सकिन्छ । यी सबै विज्ञानको चमत्कारले मात्र सम्भव भएका छन् । विज्ञानको धेरै आविष्कारहरूले किसानहरूलाई गुणस्तरको बाली उब्जाउन मद्दत गर्छ । आधुनिक फसल काट्ने मेसिन, ट्रयाक्टर, मल र गुणस्तरीय बीउ किसानका लागि विज्ञानको उपहार हो । डेरी र उत्पादन व्यवसायमा, मेसिनरी प्रकारहरूले उनीहरूको व्यवसाय बढाउन मद्दत गरिरहेका छन्।  

विज्ञानको अभावमा मानव जीवन लगभग ढुङ्गे युगमा पुग्‍न जान्छ  । जुन आधुनिक युगसँग तुलना गर्दा निकै असुविधाजनक छ । विज्ञानको कुनै  एउटै क्षेत्रमा मात्र फाइदा नभएर विभिन्‍न क्षेत्रमा यसका  फाइदा देखिएका छन् ।