Logo

Student Corner

असारे विकास

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 14 July, 2022

जब आर्थिक वर्षको अन्त्य हुन्छ तब नेपालमा असारे विकास सुरु हुन्छ । ११ महिनासम्म कानमा तेल हालेर बस्ने सरकार वर्षको अन्तिम समयमा आएर धमाधम कहिले बाटो बनाउने नाममा त कहिले ढल हाल्नका लागि बाटो फुटाउने अनि पिच गर्ने, फेरि सोही बाटोलाई नै फुटाएर पानीको पाइप हाल्ने र फेरि महिनौँ पिच नगरेर जनतालाई सताउने काम काम गर्दै आएको तपाईं हामीले देखेका नै छौँ । बाटो पिच गर्नु अगाडि नै ढल, पानीको पाइप जोड्ने आदि कामहरूको व्यवस्थापन सरकारले जानेर नगरेको वा नजानेर नगरेको होला ? । यसरी पटक पटक एउटै काम गर्दा पनि त्यसको समन्वय र व्यवस्थापन किन राम्रो नभएको होला ? सरकारको यस्तो कार्यप्रति हामी जनताले आवाज किन नउठाउने ? सबै कुराको राम्ररी व्यवस्थापन मिलेपछि बल्ल पिच गरे एउटै काम र एउटै ठाउँमा पटक पटक बजेट छुट्याईनु पर्दैन भन्ने कुरा खै त बुझेकाे ? एकपटक राम्ररी पिच गरिसकेको बाटोलाई बजेट सक्ने नाममा पटक पटक भत्काउने काम नगरौँ ।  दिगो विकासको कुरा केवल पाठ्यक्रममा मात्र सीमित नगरौँ आफैँ पनि सो कार्य गरेर देखाऊँ र विद्यार्थीलाई सही उदाहरण दिनुपर्छ भन्ने प्रस्ताव म सरकारलाई मात्र नभएर हरेक नगरपालिका र वडाहरूलाई पनि दिन चाहन्छु । 
योजना मात्र बनाउने तर सही काम नगर्ने बानीको अन्त्य नभएसम्म देश कहिले पनि उँभो लाग्दैन। अब  जनता जागरुक हुने समय आइसकेको छ। सरकारका यस्ता गलत कामको सबैले खुलेर विरोध गरौँ। सही काममा समर्थन गरौँ । यसो गर्न सकेमा मात्रै सरकारी बजेको सही सदुपयोग हुन्छ ।  सरकार र नेताहरू पनि सचेत हुन्छन् । बाटो र ढलको काम असारलाई नराखौँ ।