Logo

Student Corner

कर्मकाे फल

Written by: Sakshyam Karna - 26013, Grade IX

Posted on: 13 July, 2022

सुरेशले आफ्नो परीक्षा दिएर बसेकाे थियाे । ऊ नतिजाकाे पर्खाइमा थियाे । उसले आज नतिजाकाे प्रमाण पत्र पायाे । उसले १०० पूर्णाङ्कमा ७८ अङ्क प्राप्त गर्यो । ऊ उत्कृष्ट विद्यार्थी थिएन तर ऊ त्यति खराब पनि थिएन । उसले विगतमा धेरै राम्रो अङ्क पाएको थियो । तर अहिले केही कारणवश उसको अङ्क खस्किएको छ । उसकाे बुबा आज धेरै समयपछि घर आउँदै हुनुहुन्छ । 
सुरेशकाे परीक्षाकाे नतिजा देखेर उहाँ धेरै रिसाउनुहुन्छ भन्ने थाह थियाे । किनकि उहाँलाई आफ्नो छोरामाथि धेरै गर्व थियो । सुरेश घर आइपुग्दा उसको बुबा सोफामा बस्नुभएकाे थियाे । सुरेशकाे परीक्षाकाे नतिजा देखेपछि बुबाले उसलाई झपार्नुभयाे । उसलाई पढाइ कति महत्त्वपूर्ण छ भनेर बताउनुभयाे । सुरेशका बुबाका यी शब्दहरू उसको टाउको माथि जान्छन् किनकि उसले यस्ता शब्दहरू धेरै सुनेको छ । उसले आफ्नो बुबालाई अर्को परीक्षामा राम्रो अङ्क ल्याउने वाचा गर्याे ।

पहिले जस्तै सुरेशकाे अर्काे परीक्षामा राम्राे अङ्क आएन । नतिजा पहिले जस्तै थियाे । उसले अझै राम्रो अङ्क प्राप्त गरेन । यसपटक उसका बुबाले उसलाई मोबाइल किनिदिने लाेभ देखाए । अबकाे परीक्षामा यदि सुरेशले ९० भन्दा बढी अङ्क ल्याएमा उनले आफ्नो छोरालाई नयाँ मोबाइल किनिदिने छन् । यसले छोराको ध्यान पढाइमा जान्छ र उसले राम्ररी पढ्छ भन्ने उसका बाबुकाे विश्वास छ । आफ्नाे छाेराले लिखित परीक्षामा राम्रो अङ्क ल्याउने गरेको तर गृहकार्य नगर्नु मात्रै समस्या रहेको उनले बुझेका छन् । यसपटक सुरेशले सबै विषयका गृहकार्य पहिलेभन्दा राम्ररी गरेका थियाे । अन्ततः उसले परीक्षामा राम्रो अङ्क प्राप्त गर्याे । उसले आफ्नो बुबालाई, “फोन किन्न कहिले जाने बुबा” भनेर सोध्यो; बुबा जिल्ल परे  ।