Written by: Eshanee Manandhar - 28004, Grade VII
Posted on: 13 July, 2022
(श्रेयाक र श्रेया साथी हुन् । एक दिन श्रेयकले आफ्नो देशका बिरुवाहरू जलाएर वा काटेर कसरी नष्ट भइरहेको छ देखाउने समाचार पाएर हेर्छ । यो खबर महत्त्वपूर्ण देखिएपछि श्रेयाकले श्रेयालाई यो खबर बताउँछ र तिनीहरूले भोलिपल्ट नदी किनारमा भेट्ने निर्णय गर्छन् । यही भेटमा गरिएकाे कुराकानीलाई तल प्रस्तुत गरिएकाे छ ।
श्रेयाक: ओहो साथी ! धेरै समय भइसकेछ नि यसरी तिमीसंग नभेटेको। अहिले तिम्रो हालखबर चाहिँ कस्तो छ नि ?
श्रेया: हो ! तिमीलाई यसरी भेट्दा निकै खुसी छु । मेरो हालखबर ठिक छ । अनि तिम्रो नि ?
श्रेयाक: मेरो नि ठिक छ । मैले तिमीलाई हिजो हेर भनेको समाचार हेर्याै कि हेरेनौ नि ?
श्रेया: ए ! त्यो समाचार त मैले हेरे । हाम्रो देशको त्यस्तो अवस्था देखेर निकै दुख लागिरहेको छ। हामी नेपालीहरूले ठुलो गल्ती गरिरहेका छौँ ।
श्रेयाक: मलाई नि दुख लाग्यो तर हामी दुईजनाले मात्र के गर्न सक्छौ र ? हामीले नै जथाभावी गर्दा आफ्नो जीवन असजिलो परेकाे हाे र हामीले हाम्रो गल्ती भोग्नु परिहाल्छ । अरूको कुरा नसोचिकन पहिला हामीले नै त्यस्ता रुखहरू काट्ने , रुखको ठाउँको सट्टा ठुला अग्ला घरहरू बनाउन छाडौँ । त्यसपछि अरूहरूलाई त्यस्तो नगर भनेर भन्नु ठिक हुन्छ ।
श्रेया: हामीले पहिला रुखहरूलाई बचाउन सुरु गर्न सिक्नुपर्छ । ती रूखहरूलाई हामीले धेरै रुख रोपेर, बारम्बार नकाट्ने, जानीजानी नजलाउने नगरी ती रूखहरूलाई जोगाउन सक्छौं । श्रेयाक हामीले किन यी रुखहरूलाई बचाउनुपर्छ ?
श्रेयाक : हामीले रूखहरू बचाउनु पर्छ किनभने रुखले अक्सिजन दिन्छ जुन हामी मानिसहरूले सास फेर्न प्रयोग गर्दछाैँ र त्यहाँ धेरै फाइदाहरू छन् जुन हामीले भविष्यको लागि प्रयोग गर्न सक्छौँ ।
श्रेया : हो तपाई सही हुनुहुन्छ हामी आफैले मात्रै सबैको समस्या समाधान गर्न सक्दैनौं। तिनीहरूले यसलाई कसरी समाधान गर्ने भनेर पनि सिक्नुपर्छ र अरूलाई पनि आवश्यक पर्दा यसलाई समाधान गर्न मद्दत गर्नुपर्दछ। कहिलेकाहीँ कठिन समय आउन सक्छ तर यसको मतलब यो होइन कि हामीले मद्दत गर्नको लागि सबै कुरा गर्नुपर्छ, उनीहरूले रूखको महत्त्व पनि सिक्नुपर्छ जुन तिनीहरूले काटिरहेका थिए वा रूखहरू काटेर आफ्नो घर बनाइरहेका थिए।
श्रेयाक: हामी अरू मानिसहरूलाई थप रूखहरू र बिरुवाहरू रोप्न र तिनीहरूको फाइदाहरूको बारेमा पनि बताउन आग्रह गर्न सक्छौं ताकि तिनीहरू भविष्यको प्रयोगको लागि रूख रोप्नमा बढी रुचि राख्न सकून्।
श्रेया : राम्राे कुरा गर्याैँ । ढिला भइसक्यो। अब म चाहिँ हिडेँ।
श्रेयाक: ल के हामी कुनै दिन रूख रोप्न भेट्न सक्छौं सायद हाम्रा अरू साथीहरूलाई पनि निम्तो दिन सक्छौं।
श्रेया: त्यो त झनै भइहाल्छ नि। ल अब चाहिँ म लागेँ।
श्रेयाक : ल म नि लागे।
(दुवै जना आफ्नो बाटो लाग्छन् )