Logo

Student Corner

कुलदेवता पूजा

Written by: Krizan Rajbanshi - 31011, Grade IV

Posted on: 12 July, 2022

आइतबारको दिन कुलदेवता पूजा परेको थियो । पूजाको दिन म बिहानै उठेर नुहाएँ र पूजाको लागि बनेपा जानु पर्ने भएकाले म तयार भएँ । घरका सबै परिवार दुईवटा गाडीमा गयौँ । गाडीमा हामी गफ गर्दै बाहिरको दृश्य हेर्दै गयौँ । करिब एक घण्टामा कुलदेवता भएको ठाउँमा पुग्यौँ । कुलदेवता भएको ठाउँ रमाइलो थियो । मन्दिर, खोला र खेतबारीहरूले मलाई रमाइलो लागिरहेको थियो । सबैजनाले पूजा सकेर हामीले भोज खायौँ । भाेज खाँदाखाँदै पनौती जाने कुरा भयो । पनौती मेरो हजुरबुबाको मामाघर हो ।  कुलदेवताको मन्दिरबाट फर्किने बेलामा नजिकै रहेको चण्डेश्वरी मन्दिरको पनि हामीले दर्शन गर्‍याैँ । हामीले त्यहाँ सबैजना मिलेर फोटो पनि खिच्यौँ र पनौती घुम्न गयाैँ । पनौती घुम्दा धेरै रमाइलो भयो । त्यहाँको घरमा  हामी एकछिन बसेर बेलुकी घर फर्कियौँ । मेरो कुलदेवता पूजाको यात्रा धेरै रमाइलो भयो ।