Logo

Student Corner

अनाथकाे जिन्दगी

Written by: Sakshyam Karna - 26013, Grade IX

Posted on: 11 July, 2022

दिनको २ बजेको थियो । सुरेश बेच्नको लागि फोहोर खोज्दै थिए । आज सामान्यभन्दा राम्रो दिन थियो । उसले बाटोमा भेट्टाएका चीजहरूले उसलाई धेरै दिनसम्म खुवाउन पर्याप्त पैसा कमाउने थियो । उसले आफ्ना सामग्रीहरूलाई रद्दीटोकरी पसलमा लग्याे । उसले जम्मा  एक हजार रुपियाँ प्राप्त गर्यो । जुन उसले सोचेभन्दा धेरै थियो । उसले त्यो पैसा आफ्नो पाइन्टमा राख्यो जसमा प्वालहरू थिए । उसले आफ्नो कम्मरमाथि कुनै पनि कपडा लगाएको थिएन । ऊ बस स्टप नजिकै गयाे । जहाँ ऊ सामान्यतया सुत्छ । उसले आफ्नो बोराकाे ओछ्यान मिलाउँछ । जसमा मुनिबाट पराल हुन्छ । ऊसँग अर्को झोला छ जसमा प्लास्टिक छ उसले सिरानीको रूपमा प्रयोग गर्दछ ।

ऊ सुत्न लागेकाे थियाे । केही रक्सीले मातेका मानिसहरू आए र ऊ त्यहाँ बस्नाकाे कारण सोधे। उसले आफ्नो परिवार आगोमा जलेर मृत्यु भएको र ऊ अहिले एक्लाे भएकाले घर नभएका कारण बस स्टपमा सुतिरहेको बतायाे । रक्सीले मातेका मानिसहरूले उसको कुरा सुनेनन् र उसलाई जिस्काउन थाले । उसलाई जथाभावी शब्दहरू प्रयोग गर्न थाले । उसले तिनीहरूलाई बेवास्ता गर्न खोज्यो तर तिनीहरूले उसलाई लात हान्न थाले । ऊ जम्मा ११ र्षको थियाे । त्यसैले उसले उनीहरूलाई केही गर्न पनि सकेन । उसले तिनीहरूलाई वास्ता गर्न छाडेपछि त्यहाँबाट गए।

तपाईंहरूले सोचिरहनुभएको होला कि सरकारले किन यस्ता असहायलाई सहयोग नगरेको बच्चालाई यति धेरै सहयोगको आवश्यकता छ । सहयाेग जाेसुकैले पनि गर्न सक्छ । ऊसँग उसका कुनै पनि परिवारका सदस्य छैनन् । उसले सानो उमेरबाटै कमाउनुपर्छ । यो उसको कमाउने उमेर होइन । खेल्ने, रमाउने र सिक्ने उमेर हो । यसले नेपाली समाजको यथार्थलाई देखाउँछ । यसले निम्न वर्गका मानिसहरूको जीवनस्तर कति दयनीय छ भन्ने कुरा देखाउँछ । मानिसहरू कसरी बाँच्नका लागि फोहोर जम्मा गर्न बाध्य छन् । किनभने तिनीहरूसँग अर्काे कुनै विकल्प छैन । हामीले परिवर्तन गर्न सँगै काम गर्नुपर्छ तर परिवर्तनको सुरुवात अरूबाट हाेइन त्याे आफैँबाट सुरु हुनुपर्छ ।