Logo

Student Corner

मेराे परिवार

Written by: Sushant Pokharel - 32020, Grade III

Posted on: 11 July, 2022

मेराे हजुरबुबा, हजुरआमा, काका र काकी भक्तपुर जिल्लाकाे कटुन्जेमा बस्‍नु हुन्छ । मेराे माइलाे बुबा र माइली आमा पनि साेही जिल्लाकाे पाण्डु बजारमा बस्‍नुहुन्छ । ठुलाे बुबा र ठुली आमा काठमाडाैँ जिल्लाकाे सिनामंगलमा बस्‍नुहुन्छ । हाल मेराे परिवार पनि सिनामंगलमा नै बस्छाैँ । मेरा ३ जना फुपू र ३ जना फुपाजुहरू पनि हुनुहुन्छ । मेराे मामाघर भाेजपुर जिल्लाकाे षडानन्द नगरपालिकाकाे वडा नं. ६ दिलामा पर्छ । हाल मामाघरकाे हजुरबुबा, हजुरआमा काठमाडाैँ जिल्लाकाे बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ मा बस्‍नु हुन्छ । म चाडपर्व र स्कुल बिदामा मामाघर जान्छु ।