Logo

Student Corner

प्रकृति

Written by: Manaswi Sapkota - 26004, Grade IX

Posted on: 08 July, 2022

हामी पृथ्वीमा बस्छौँ । पृथ्वी प्रकृतिले घेरिएको छ । प्रकृति हाम्रो वरिपरिको सबै कुरा हो । प्रकृति संसारको सबैभन्दा सुन्दर चिज हो । रूखबिरुवा, ताल, पोखरी, नदी, आदि सबै कुरा प्रकृति हुन् । वर्षा, प्रकाश, घाम, खडेरी, हिउँ, बिरुवा आदि पनि प्रकृतिका रूप हुन् । यिनीहरू कहिले आउँछन् र जाँन्छन् त्यो हामीले परिवर्तन गर्न सक्दैनौं । हामीले स्वच्छ हावा, स्वच्छ पानी जस्ता कुरा प्रकृतिबाटै पाउँछाैँ । 
हामीले हाम्रो प्रकृतिलाई बिगार्नु हुँदैन किनकि प्रकृतिकै कारणले हामी बाचेका छाैँ । हामीले हाम्रो प्रकृति जोगाउन सक्दो प्रयास गर्नुपर्छ । प्रकृतिले हामीलाई खाना, लुगालगायत सम्पूर्ण कुराहरू पाउँछाैँ । हाम्रो जीवन प्रकृतिमा निर्भर छ । यदि, प्रकृति नष्ट भयो भने हामी पनि बाँच्दैनाैँ । हाम्रो प्रकृतिलाई जाेगाउन निम्न कुरामा ध्यान दिनुपर्छ ।
प्लाष्टिकको प्रयोग बन्द गर्ने,
नवीकरणीय चीजहरूकाे प्रयोग, 
पानीका मुहानहरू सफा राख्ने,
आजकाल मानिसले प्रकृतिलाई ख्याल नगरी आफ्नाे स्वार्थ पूरा गर्ने काम मात्रै गर्दा प्रकृति कुरूप बन्दै गइरहेकाे छ । हाम्रो प्रकृति यसरी नै नष्ट भइरह्यो भने हामीसँग विकासका लागि धेरै स्रोतहरू बाँकी रहनेदैनन् । हामीलाई खाना र पानीको पनि अभाव हुन सक्छ ।
पहिला प्रकृति सफा थियाे किनकि त्यतिबेला मानिसहरूको जनसङ्ख्या कम थियाे । जब मानिसकाे जनसङ्ख्या बढ्दै गयाे तब प्रकृति कुरूप बन्दै गयाे । विकास गर्नु नराम्रो कुरा होइन तर प्रकृतिजस्तो कुरालाई नष्ट गर्नु नराम्रो कुरा हो ।  यदि प्रकृति अस्तित्वमा नभएको भए हामी पनि अस्तित्वमा हुने थिएनौँ ।  हाम्रो विकाशको कारण प्रकृति नै हो । यदि हामीले हाम्रो प्रकृतिलाई हानी पुर्यायाैँ भने अब आउने पुस्तालाई धेरै अप्ठ्याराे हुन्छ । त्यसकारण हामीले हाम्रो प्रकृतिको रक्षा गर्नुपर्छ ।
अन्त्यमा, प्रकृति नै हाम्रो बाँच्ने आधार हो । त्यसैले हामीले प्रकृतिकाे सुरक्षा गर्नुपर्छ । हामीले जलवायु परिवर्तनबारे चेतना फैलाउनुपर्छ । हामीले सानै उमेरमा बालबालिकालाई प्रकृतिको महत्त्वबारे सिकाउनुपर्छ र हामी प्रकृतिबारे सचेत हुुनुपर्छ ।