Logo

Student Corner

जे गर्दा नि अल्छी लाग्छ ।

Written by: Kirtan Poudyal - 23024, Grade XII

Posted on: 08 July, 2022

जब त्यो दिन आउँछ, 
जहिले कलेज छुट्टी हुन्छ,
अल्छी लाग्न थाल्छ मलाई 
सके जलाउँथे होला कोरेर सलाई ।

मोबाइलले पनि गर्दैन त्यो दिन काम
ल्यापटपको त कुरै छोडाैँ, हरेराम ! 
सुत्न नि अल्छी लाग्छ हौ त्यो दिन 
अनि सोच्छु, “कसरी बिताऊँ यो दिन ?”

बाहिर खेल्न जाऊँ भने सबैजना हुन्छन् मोबाइलमा
घुम्न जाऊँ भने छन् मित्रहरू व्यस्त परीक्षामा
अनि चित्र कोर्न खोज्छु कागजमा 
तर हुँदैन केही धारणा मस्तिष्कमा ।

गीत गाऊँ भने छैन स्वर राम्रो 
केही उपद्रो गरूँ भने खाइन्छ गाली सारो
अनि पढ्नुपर्यो भनेर सोचिन्छ,
तर के गर्नु पढ्न पनि अल्छी लाग्छ ।