Written by: Aakanchhya Khadka - 27001, Grade VIII
Posted on: 08 July, 2022
नेपाल दक्षिण एसियामा रहेको प्राकृतिक सुन्दरता, विभिन्न जाति,धर्म , संस्कृतिले भरिएको एक स्वतन्त्र देश हो । हाम्रो देश नेपाल पहिले पनि कुनै पनि राज्यको अधिनमा आएको छैन । हाम्रो देश कहिल्यै पनि कुनै पनि राज्यको उपनिवेशमा नआए पनि १८४६ देखि १९५१ सम्म राणाशासनले थिचेकाे थियो । १८४६ देखि १९५१ सम्म राजनीति गतिविधि र सरकार आफ्नो नेतृत्व लिई नेपालमा शासन गरेका थिए ।
राणा शासनको सुरुवात जङ्गबहादुर राणाबाट भयो । उनको जन्म जुन १८ मा भयो भनिने गरिन्छ । उनले राजा राजेन्द्रको पालामा एउटा जङ्गली हात्तीलाई वशमा ल्याउन सकेका थिए । यस क्रियाकलापबाट उनले राजाको मनलाइ लोभ्याउन सफल भए । त्यसपछि उनी शाही दरबारमा प्रवेश गर्न सफल भए । राजा राजेन्द्रको छोरा सुरेन्द्रको पालामा भने उनले मन्त्रीको गद्दी हासिल गरे । अनि आफू र आफूपछि आउने आफ्ना सन्तानका लागि सधैँभरिको लागि मन्त्रीको पद छिन्न सफल भए । उनले राज्य चलाउने सरकारका ठुला ठुला पदहरू आफ्ना नातेदारहरूलाई दिए राज्यको सबै बल आफ्नो नियन्त्रणमा राखेका थिए । उनलाई लमजुङ कास्की प्राप्त भएका कारण उनलाई श्री ३ भनेर चिनिने पनि चिनिने गरिन्छ। पछि भने राणा परिवारका शमशेर अन्य नातेदारहरूले जङ्गबहादुरका बालबच्चाहरूलाई मारी मन्त्री र सैनिक शक्ति आफ्नो नियन्त्रणमा लिए ।
राणाहरूले धेरै नराम्रा कामहरू गरेपनि विभिन्न कालखण्डमा राणाहरूले धेरै राम्रा कामहरू पनि गरेका छन् । देवशमसेर, जङ्गबहादुर, चन्द्र शमशेर आदिका पालामा राणा कालमा धेरै परिवर्तनहरू आएका थिए । मोहन शमशेर राणा राणा शासनका अन्तिम शासक थिए । उनले धेरै नराम्रा क्रियाकलापहरू गरेका कारण देशबाट निकालिएका थिए । त्यसपछि जनताहरूले राणा शासनकाे विराेध गर्न थाले । लगातार आन्दाेलन हुन थाल्याे । यस आन्दोलनमा शुक्रराज शास्त्री, दशरथचन्द जस्ता धेरै व्यक्तित्वहरूले आफ्नो ज्यान दिएका थिए अनि मात्र देशमा राणा ढलेर प्रजातन्त्र आएकाे थियाे । हाम्रो देशमा स्वतन्त्रका लागि ज्यान दिने व्यक्तित्वहरूलाई हामीले आफ्नो मनदेखि श्रद्धाञ्जली दिनुपर्छ ।