Logo

Student Corner

कथा समीक्षाः गुलेली

Written by: Radharani Sen - 31022, Grade IV

Posted on: 08 July, 2022

‘साझा पृथ्वी’ भन्ने पुस्तकभित्र रहेको गुलेली कथा निकै रमाइलो कथा छ । यस कथामा केटाकेटीले खेलेका घुमेका  कुराहरू प्रस्तुत गरिएको छ । ‘साझा पृथ्वी’ भन्ने पुस्तकका लेखक मदनकृष्ण श्रेष्ठ हुनुहुन्छ ।
कथावस्तु 
यस कथामा केटाकेटीहरू चरा मार्न गएका हुन्छन् । उनीहरूले मट्याङ्ग्रा हालेर गुलेलीले चरा मार्न तयार हुन्छन् । राजेन्द्रले गुलेलीमा मट्याङ राखेर रबर तन्काउदा उसको खुट्टामा लाग्छ  । गृष्मा, निर्भीक र राजेन्द्र चरा मार्न खोज्दा गृष्माले मार्नु हुँदैन भन्ने सल्लाह दिन्छिन् । निर्भीकले भँगेरो मार्छ र उसले पाेलेर खाऔँ भन्छ ।  गृष्मालाई चरा मारेको मन पर्दैन । उनी दिक्क भएर घर जान्छिन् । राजेन्द्र पनि सँगै जान्छ । निर्भीकले म एक्लै यो चरा पोलेर खान्छु भनेर हिँड्छ ।
पात्रहरू
यस कथामा असल पात्र गृष्मा र राजेन्द्रलाई लिएको छ । गृष्मा  र राजेन्द्रलाई चरा मारेको मन पर्दैन । यस कथामा खराब पात्रको रूपमा निर्भीकलाई लिएको छ । निर्भीकले उडिरहेको पन्छी लाई मारेर मासु खाने कुरा गरेको हुन्छ ।
परिवेश
यस कथामा परिवेशका रूपमा गाउँघरका बारीका पाटा, चौर र वनजङ्गल रहेको छन्  ।
सिफारिस

याे पुस्तक म सबैजनालाई पढ्न सिफारिस गर्दछु किनभने हामीले कुनै पनि चराचुरुङ्गी र जीवजन्तुलाई मार्नु हुँदैन । यदि मार्‍याै भने हामीले अपराध गरेको ठहर्छ । पृथ्वी हामीहरूको मात्र नभई यो पृथ्वी सारा चराचुरुङ्गी र जीवजन्तुको पनि हो । त्यसैले हामीले कुनै पनि चरा तथा जनावरहरू मारेर छाला निकालेर बेच्ने र उनीहरूकाे मासु खानुहुँदैन ।