Logo

Student Corner

हाम्रो धर्तीको विनाश

Written by: Deeva Shrestha - 28016, Grade VII

Posted on: 07 July, 2022

आजको देश नै शुभ,
भोलि के हुन्छ देशलाई ?
राष्ट्रपतिहरूको काम
देश विकास गर्नलाई।

मस्तिष्क शक्तिको दानले
बनाएछ  मानव।
तर रूखहरू काट्छन्,
बासस्थानको नोक्सान।

देशलाई नष्ट पारेर,
प्रकृति पनि सर्वनाश।
यसको तर्क मानिस
मस्तिष्कको के काम।

जङ्गलमा आगो लगाउँछन्,
सूर्यको तेजले गर्दा।
ठुृलाठुला बाढी आउँछन्,
घरहरू बिगार्दछन्।

धर्तीलाई खुसी बनाउँ,
देशलाई रक्षा गरेर।
बरु रुख नकाटेर,
हरियाली देश बनाऔँ।