Logo

Student Corner

सपना

Written by: Bidhan Sen Oli - 24006, Grade XI

Posted on: 07 July, 2022

सपना भनेको क हो ? हामीले सपना किन देख्छौँ ? सपना भनेको सुतिरहेको बेला हामीले देख्ने विचारहरू,हुन् ।  फरक मानिसले फरक सपनाहरू देख्छन् । कसैले हरेक दिन राम्रो सपना देख्ला भने कसैले हरेक दिन नराम्रो सपना । हामी राति सुत्दा हामीले दिनभरि गरेका कार्यहरूले नै हाम्रो सपना निर्धारण गर्छ । सबै जनाको दैनिक जीवन राम्रो हुँदैन, सुख हुँदैन, शान्त हुँदैन। धेरैजसाे मानिसको जीवन दु:खले भरिएको हुन्छ । उनीहरूकाे दैनिकी पीडादायी हुन्छ भने दिनरात मेहेनत गरेर आफ्नो लागि अथवा आफ्नो परिवारको टाउकोमाथि जिम्मेवारी कठिनाइ गर्नुपर्ने हुन्छ ।  सबै मानिसको जीवन सजिलो हुँदैन र त्यसै कारण उनीहरूले राम्ररी सुत्न पनि पाएका हुँदैनन् । यसैगरी उनीहरूले नराम्रा र असजिला सपनाहरू पनि देखिरहेका हुन्छन्।

सपना एक अनौठो र अचम्म को घटना हो । मानिसले आफ्नो सपनामा जे पनि देख्न सक्छ । अहिलेसम्म कहिले पनि नदेखेकाे अनुहार आफ्नो सपनामा आइदिन्छ भने कति बेला आफ्नै नजिकको चिनेको साथी परिवारको सदस्य आएर नराम्रा घटनाहरू पनि घटेका हुन सक्छन् । हामी सोचाैँला कि हामीले आफ्नो सपनामा के देख्छाैँ, जसलाई हामी नियन्त्रण गर्न सक्दैनौँ । हामीले आफ्नो सपनामा केके गर्छौं भन्ने कुरा आफैँमा नियन्त्रण गर्न नसकिने कुरा हाे । यो सुन्दा हजुरलाई अचम्म लाग्ला । आफ्नो सपनालाई पनि कसरी नियन्त्रण गर्ने, यस्ताे पनि हुन्छ ?  यसलाई अङ्ग्रेजीमा “लुसिद ड्रिम”, अर्थात् चमकदार सपना भनेर लिन बुझिन्छ । यस्तो अवस्थामा मानिसले आफ्नो सपनामा के गरिरहेकाे छ, के हेरिरहेकाे छ ? सबै आफूले नै नियनत्रण गर्न सक्छ । हामी धेरै जसोलाई त थाहा पनि न होला तर यो सम्भव विषय हाे ।

साधारण सपना र धेरै जसो सबैले देख्ने सपनाकै कुरा गर्दा, हामीले धेरै किसिमका सपना देखेका छौँ होला । कुनै शान्तिपूर्ण त कुनै एकदमै अप्ठ्यारो र असजिलो । हामी धेरै जसोले त एउटै सपना पनि दोहोरिएर देख्छौँ । यस्तो किन हुन्छ होला ? कहिले सोच्नुभएको छ ? कतिपयले त सपना नै देख्दैनन् । यस्ताे हुनु समान्य हो । कुनै एक व्यक्तिको सपना उसको जीवन कस्तो छ कसरी बितिरहेको छ ? त्यस्ता कारकहरूमा भर पर्छ । कसैकाे दिन राम्ररी बितेको छ भने राम्रो सपना देख्ने अनि कसैकाे नराम्रो दिन बितेकाे छ भने नराम्रो सपना देख्ने कुरा अनुसन्धानबाट पत्ता लागेकाे छ । कुनै डरलाग्दो फिलिम हेरेको दिन त्यस्तै डरलाग्दो सपना देख्ने, यस्तो धेरैजसो हुन्छ । धेरैजसोले थाहा नभए पनि आफूले दिनभर गरेको कार्यले नै कस्तो सपना देख्छौँ भन्ने कुरा देखाउँछ । जुन मानिस निदाएकाे अवस्थामा देखिन्छ । याे नै सपना हाे ।