Logo

Student Corner

कलम

Written by: Prashraya Shrestha - 26014, Grade IX

Posted on: 07 July, 2022

कलम एउटा लेख्ने साधन हो । यो साधन प्लास्टिकले बनेको हुन्छ । तर यसको टुप्पो धातुले बनेको हुन्छ । कलम थरिथरिका हुन्छन् । जसलाई बल पेन,  फाउन्टेन पेन, जेल पेन आदि । कलमले लेख्नकाे लागि कलममा मसी चाहिन्छ ।  मसीविना कलम हुँदैन र कलमविना मसी हुँदैन । साथै कलमले लेख्नकाे लागि हामीलाई कापी पनि चाहिन्छ । कलम मानिसको पढाइ लेखाइसँग जाेडिएकाे एउटा महत्त्वपूर्ण आविष्कार हो । कलम पहिले पढाइका अतिरिक्त सञ्चार आदानप्रदान गर्न पनि प्रयाेग हुन्थ्याे । आजकल कलम धेरै कुरामा प्रयोग हुन्छ । अबकाे समय भनेकाे  कलमविना हाम्रो जीवन कल्पना पनि गर्न सकिँदैन । कलमकाे माध्यमबाट भानुभक्त आचार्यले रामायण अनुवाद गरे । कलमकै सहाराले लक्ष्मीप्रसाद देवकोटाले आफ्ना रचनाहरू सिर्जना गरे र महाकवि बने । कलमद्वारा नै चित्रकलाको आविष्कार भयो । 
मानिस एउटा समाजिक प्राणी हो ।  हामी सोच्न र कल्पना गर्न सक्छौँ । कलमलेनै  एउटा मानिसलाई आफ्ना सोच, विचार, कल्पना कपीमा उतार्न मद्दत गर्छ । कलम लेखकहरूले मात्र प्रयोग नगरी हरेक क्षेत्रका मानिसले प्रयोग गर्छन् । डाक्टर, विद्यार्थी, इन्जिनियर,शिक्षक सबै कलमकाे सहाराले आफूलाई चिनाइरहेका छन् ।  हामीले कलम चित्रकला बनाउन, बुँदा टिपोट गर्न, गणना गर्न पनि प्रयोग गर्छौँ । कलम पत्रकारिता क्षेत्रमा धेरै प्रयोग हुन्छ । पहिले टाइपको आविष्कार नहुँदा राजा महाराजालाई समाचार कलमद्वारा लेखेर आउँथ्यो । 
हतियारले झुट, घृणा र रगत ल्याउँछ भने कलमले सत्य, माया  र प्रेम ल्याउँछ । कुनै दुईटा देशको युद्ध हुँदा तिनीहरूले हतियार प्रयोग गर्छन् । अनि त्यही युद्धलाई रोक्न तिनीहरूले कलमद्वारा सन्धि गर्छन् ।  यति मात्र नभई कलमकाे सहाराले नै  धार्मिक पुस्तक, कानुन आदि पनि लेखिएका छन् । यसै कारण कलमकाे महत्त्व हरेक मानिससँग जाेडिएकाे छ । कलमद्वारा एउटा मान्छेको जीवनी लेखिन्छ र ऊ इतिहासमा अमर बन्छ । कलम एउटा लेख्ने साधन मात्रै नभएर एउटा इतिहास हो भन्न सकिन्छ ।