Logo

Student Corner

कथा समीक्षाः हात्तीकाे अभिवादन

Written by: Rachit Bhattarai - 31021, Grade IV

Posted on: 06 July, 2022

परिचय 

‘साझा पृथ्वी’ भन्ने कथाभित्र रहेको हात्तीको अभिवादन भन्ने कथा धेरै राम्रो कथा हो । यस कथामा जनावरले पनि अभिवादन गर्न सक्छ भन्ने कुरा प्रस्तुत गरिएकाे छ । यस पुस्तकका लेखक मदनकृष्ण श्रेष्ठ हुनुहुन्छ ।

कथावस्तु

 हजुरबुबा, अचम्म सिंह भन्ने व्यक्ति पुलिस थानामा जान्छन् । अचम्म सिंहले आफूले गरेका गल्तीहरू स्वीकार्छ । अचम्म सिंहले  “मैले कुनै अपराधिक काम गरेको छैन, मैले त भीमबहादुरले दिएका जनावरका लुगाहरू बेच्न मात्र हिँडेको हुँ” भन्छ । “भीमबहादुर भन्ने व्यक्ति अझै पनि यस्तो काम गर्दैछ । उनीहरू बस्ने अखडा मलाई थाहा छ, म तपाईँहरूलाई देखाइदिन्छु, हिँड्नुहोस्” भन्दै अचम्म सिंहले इन्स्पेक्टरलाई भन्छ । इन्स्पेक्टर पनि खुसी हुन्छन् र सबैजना जङ्गलमा पुग्छन् । अचम्म सिंहले इन्स्पेक्टरलाई भीमबहादुरको अखडा देखाइदिन्छ र इन्स्पेक्टरले त्यस अखडामा आक्रमण गर्ने आदेश दिन्छन् र इन्स्पेक्टरले अचम्म सिंहलाई धन्यवाद  दिन्छन् । प्रहरीले भीमबहादुर, चक्रबहादुर, मुकुन्द र सहरका सबै तस्करेहरूलाई समातेर भ्यानमा राख्छन् । प्रहरी गएपछि हात्तीले हजुरबा र अचम्म सिंहलाई शिर झुकाएर नमस्कार गर्छ ।

पात्रहरू

यस कथामा असल पात्रका रूपमा प्रहरी हजुरबा र अचम्म सिंहलाई देखाइएको छ । उनीहरूले राम्रा राम्रा कामहरू गरेका हुन्छन् ।  भीमबहादुर, चक्रबहादुर, मुकुन्द र सहरका तस्करेहरूलाई  खराब पात्रका रूपमा चिनाइएको छ । उनीहरूले जनावरहरूलाई मारेर धन कमाउने गरेको पाइएको छ ।

परिवेश

यस कथाको परिवेश पुलिस चाैकी वरपरको दृश्य देख्न सकिन्छ । बाटोघाटाे हुँदै सबैजना जङ्गल र जङ्गल बिचकाे ढुङ्गैढुङ्गाकाे बाटाे हिँडेकाे देखिन्छ ।

सिफारिस

म यो पुस्तक पढ्नका लागि सबैजनालाई सिफारिस गर्दछु किनभने यो पुस्तकबाट धेरै राम्रा कुराहरु सिक्न पाइन्छ । जनावरहरूले पनि हाम्रा कुराहरु बुझ्छन् । हामीले पनि जनावरहरूलाई नराम्रो गर्नुहुँदैन, त्यसैले यो पुस्तक पढ्नु जरुरी छ ।