Logo

Student Corner

मेरो देश

Written by: Aarashi shakya - 24027, Grade XI

Posted on: 05 July, 2022

शीतल हिमालको काखमा जन्मेको मेरो देशमा

दु:ख र तापको कमी छैन ।

जिउँदो देवीलाई पूज्ने मेरो देशमा

बलात्कारिको कमी छैन ।


गौतम बुद्धले जन्म लिएकाेमेरो देशमा

अशान्तिकाे कमी छैन।

जाति, वेषाभूषाबिच सहिष्णुता

भएको मेरो देशमा

पैसाका कारण भेदभावको कमी छैन।


मिठा रस फल्ने मेरो देशको माटोमा

बेरोजगारीको कमी छैन ।

आमाबाबालाई भगवान् मान्ने मेरो देशमा

ती आमाबाबाहरूलाई वृद्ध आश्रम पुराउनेकाे  कमी छैन।

 

न्याय प्रेमी जनता भएकाे मेरो देशमा

अन्याय भोगिरहेका मानिसको कमी छैन।

देश प्रेमले भरिएको आवाज उठाउँदा मेरो देशमा

ती आवाजलाई मिच्नेको कमी छैन।