Logo

Student Corner

वन संरक्षण

Written by: Deeva Shrestha - 28016, Grade VII

Posted on: 05 July, 2022

(सीता आमाबुबालाई भेट्न गाउँ जाँदै छिन्। जङ्गल पार गर्दा आफ्नो साथी रामले रुख काटिरहेको देख्छिन् । त्यसपछि उनीहरूको कुराकानी सुरु हुन्छ)

सीता : ओहो! साथी, धेरै भयो नदेखेको ? तिमीलाई कस्तो भइरहेको छ ?

राम: म राम्रो गरिरहेको छु, मैले त जागिर पाएँ नि । तिम्रो के छ ? तिमी कहाँ जाँदैछौ ? तिम्रो घर जाने बाटो त होइन ?

 सीता: म आमाबुबालाई भेट्न जाँदै छु। तिमीले रुख किन काट्दै छौ ?

राम: मैले सिकर्मीको काम पाएँ ।  त्यसैले रुख काट्दै छु।

सीता: साँच्चै यो तिम्रो लागि राम्रो छ, तर कति पटक रुख काट्छौ ?

राम: हप्तामा तीन पटक काट्छु, किन ? 

सीता: त्यो वातावरणको लागि साँच्चै हानिकारक छ,  याे कुरा तिमीलार्इ थाहा थिएन ?

राम:  किन हानिकारक नि ? रुख नै नकाटे यसकाे के काम ? 

सीता : मानिसले रुख काट्दा, बासस्थान गुम्दा धेरै प्रजातिका जनावरहरू बिस्तारै लोप हुँदै गएका छन् । जङ्गल धेरै जङ्गली जनावरहरूको लागि घर हो, यदि हामीले रूखहरूलाई काट्यौँ भने, तिनीहरूले आश्रय पाउँदैनन् नि ।

राम: त्यसो भए, हामीले रुख काट्यौँ भने एक दिन हामी पनि लोप हुने छौँ ?

सीता : हो रुख काट्दा पनि वायुमण्डलमा पानीको मात्रा घटेको छ । यसले माटोलाई सुक्खा बनाउँछ र हामी कुनै पनि बाली उब्जाउन सक्दैनौँ ।

राम: माटो सुख्खा भयो भने माटोको क्षय हुन्छ, होइन र ?

सीता: यसले बाढी पनि ल्याउँछ,  जसले हाम्रो घरहरू बगाउन सक्छ र हाम्रो कुनै बास हुने छैन ।

राम : अब बुझेँ । यो वातावरणको लागि धेरै हानिकारक छ । तर हामीले यसलाई रोक्न के गर्न सक्छौँ?

सीता:  यसलाई रोक्न धेरै उपाय छन् । म तिमीलाई तीमध्ये केही भन्छु । रुख काट्न बन्द गर्नुपर्छ । हामीले रुख काट्यौँ भने पनि नयाँ रोप्नुपर्छ । हामीले घटाउनुपर्छ, पुन: प्रयोग गर्नुपर्छ। प्लाष्टिकको प्रयोग घटाउनुपर्छ । बरू कपडा वा स्टिल प्रयोग गर्नुपर्छ । हामीले पुन: प्रयोग गर्न सकिने सबै चीजहरू पुन: प्रयोग गर्ने प्रयास गर्नुपर्छ। हामीले उद्योगहरूलाई फोहोर सामग्री दिन सक्छौँ ताकि तिनीहरूले यसलाई अरू केही बनाउन सक्छन्। वन फँडानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

राम: जानकारीको लागि धन्यवाद। म यी सबै रणनीतिहरू सिक्नेछु र नयाँ काम खोज्ने प्रयास गर्नेछु । त्यसो भए, म तिमीलाई अर्को हप्ता भेट्नेछु। 

सीता :  मलाई आशा छ कि म अर्को पटक यहाँ आउँदा प्रगति देख्ने छु ।

(तिनीहरू दुई अलग हुन्छन् । सीताले आफ्नो गाउँको यात्रा जारी राख्छिन् ।)