Logo

Student Corner

हामीलाई पानी चाहिन्छ

Written by: Pratik Karn - 30048, Grade V

Posted on: 05 July, 2022

पानी हाम्रो जीवनमा एक महत्त्वपूर्ण पदार्थ हो। हामी पानीबिना

बाँच्न सक्दैनौँ किनकि यसले हाम्रो शरीरमा लगभग ७५%प्रतिशत पानीकाे मात्रा हुन्छ ।

हामीलाई हाम्रो दैनिक जीवनका लागि पानी चाहिन्छ। हामी धेरै

कुरामा पानी प्रयोग गर्छौं। जस्तै पिउने, लुगा धुने, कार धुने, नुहाउने

आदि। पानी बिरुवाहरुद्वारा आफ्नो खाना बनाउन र प्रकाश

संश्लेषणको प्रक्रियामा प्रयोग गरिन्छ। यसलाई जलविद्युत

उत्पादन गर्न पनि प्रयोग गरिन्छ । यो पौडी खेल्ने, डुङ्गा खेल्ने जस्ता

मनोरञ्जनका लागि पनि प्रयोग गरिन्छ र होली खेल्न प्रयोग

गरिन्छ। स्वस्थ रहन हामीले सफा पानी पिउनुपर्छ । हामीले खराब

र फोहोर पानी पिउने हो भने झाडापखाला,आदि

रोग लाग्न सक्छ। पानीको स्रोत वर्षा, इनार, खोला, ताल र समुद्र आदि हुन्।