Logo

Student Corner

मेरी प्यारी साथी

Written by: Phoebe Shrestha - 26016, Grade IX

Posted on: 04 July, 2022

जसले मलाई जहिल्यै अफ्ठ्‌यारोमा सहयोग गर्छिन्, जसले मलाई हरेक समस्याको समाधान नडराई गर्न सिकाइन्,आफूप्रति विश्वास राखेर पछाडि नफर्कि अगाडि बढ्न सिकाईन् त्यस्ती मेरी साथी हुन्- अदिति ।

म मेरी साथीसँग भौतिक रूपमा मात्र टाढा छु । उसको र मेरो शरीर मात्र टाढा छ तर हामी मनबाट कहिल्यै टाढा छैनौँ । हामी मिलन हुने माध्यम भनेको इन्टरनेट हो । म जहिले हताश र निराश हुँदा मलाई ढाडस दिने उही अदिति हो । मैले जसलाई मन मिल्ने साथी पाएकी छु; त्यस्ती साथी आजभोलि कमैले पाउँछन् । साथी त हुनु तर दुःख सुखमा साथ दिने मेरी मन मिल्ने आदिति जस्तो । उसको असल र सहयोगी भावनाले गर्दा उसलाई सबैले मन पराउँछन् । तन जस्तो भए पनि उसको मन सफा छ । साथीक मानिसको सुख दुःखको सहयोगी हो । आफूले आफ्ना पारिवारलाई भन्न नसक्ने कुरा पनि हामी हाम्रा साथीलाई सजिलै भन्न सक्छौँ । हामीसँग बोल्ने, हाँस्ने, खेल्ने, रुने मान्छे भनेको नै साथी हो । हामी हाम्रा मनका भावना, विचारलगायत सम्पूर्ण कुराहरू साथीसँग बाँड्न सक्छौँ । यो सबै कुरा बाँड्न मिल्ने भनेको मन मिल्ने असल साथीसँग मात्र हो । मानिसले उन्नति, प्रगति गर्नमा पनि साथीको प्रेरणा,हौसला र सहयोग एउटा अभिभावकको भन्दा कम हुँदैन।

मेरी प्यारी साथीले अहिलेसम्म मलाई धेरै कुरा सिकाईन्, जुन कुरा मेरा लागि मात्र नभएर सबैका लागिसमेत उत्तिकै उपयोगी छन् । त्यसैले मैले ऊसँग जे जति समय बिताएँ ती अमूल्य थिए । ऊसँगको मेरो घनिष्ठताकै कारण ऊ मेरी प्रिय साथी बनेर मेरो मनमा बस्न सफल भएकी छिन् । हुनत मेरा मिल्ने साथी अरू कोही नभएका होइनन् । लोरेन, स्मारिका, पनि मिल्ने साथी नै हुन् । तर त्यसमा विशेष भनेको अदिति नै हो । ऊ पनि मलाई निकै माया गर्छे । म पनि उसलाई सक्दाे सहयोग गर्छु । यसरी नै हामी साथीसाथी बिचको सम्बन्ध चलिरहेको छ र चलिरहोस् ।