Written by: Shreeda Risal - 29031, Grade VI
Posted on: 04 July, 2022
हिमाल हाम्राे देशकाे सान
सुन्दरताले बढायाे देशकाे मान
हिमालकाे हिउँबाट बन्छ शुद्ध पानी
यसैले नै स्वस्थ पार्छ हाम्राे जिन्दगानी
पिउन अनि सफा गर्न पानी नै चाहिने
खेतबारीमा सिँचाइ गर्दा हराभरा पाइने
हिमाल हाम्राे शिर अनि हाम्रै पहिचान
हिमाल छ त सबै छ यति कुरा जान
विदेशका पर्यटक हिमाल हेर्न आउँछन्
हिमालकाे शितलमा घुम्छन् रमाउँछन्
हामीलाई नै रहर छ अग्लाे हिमाल चढ्ने
कसरी पाे हाेला त्यहाँ हामी अघि बढ्ने ?
सुन, चाँदी, हिरा,माेती हाम्राे अपार धन
हिमाल नै सम्पूर्ण हाे हाम्राे स्वाभिमान
हिमाल छ त नेपाल छ यति बुझ्नुपर्छ
सफा गर्दै गयाैँ भने समस्या नै टर्छ ।