Logo

Student Corner

हाँस

Written by: Prisha Poudel - 33039, Grade II

Posted on: 04 July, 2022

हाँस एउटा पन्छी प्रजातिमा पर्ने चरा हो । हाँस पोखरी तथा खोलामा रमाउँछ । हाँस जमिन तथा पानी दुवै ठाउँमा बस्‍न रुचाउँछ । हाँसहरू  विभिन्न प्रकारका हुन्छन् । हाँसको चुच्चो केही लामो हुन्छ । हाँसको खुट्टामा दुईवटा पौडिने पन्जा हुन्छन् ।  हाँसलाई सरस्वती माताको बाहन पनि मानिन्छ । हाँसका जिउमा पखेटा र प्वाँख हुन्छन् । मानिसहरूले घरमा अन्डा, प्वाँख र मासुकाे लागि हाँस पाल्छन् । मलाई हाँस धेरै मन पर्छ ।