Logo

Student Corner

आमा

Written by: Sukrit Jung Basnet - 24035, Grade XI

Posted on: 01 July, 2022

तिमी नै माया मेरो तिमी नै हो संसार 

रित्तिदैँन बाँडे पनि मायाकी तिमी भण्डार ।


कोखाइ कोखाइ गरी तिमीले मलाई खुवायौ 

दु:ख कष्ट सहेर तिमीले मलाई हुर्कायौ ।


ममता तिम्रो संसारभरि पाईंदैन कतै पनि 

आइरहन्छ, तिम्रो याद जती टाढा भए पनि ।


आँखा अघि तिमीलाई देख्दा खुसी हुन्छन् छोराछोरी  

जुनी जुनी माया पाए हुन्छन् तिनै भाग्यमानी


क्षमा दिनु आमा मलाई गल्ती मैले गरे पनि 

माया तिम्रै पाइरहूँ जति टाढा भए पनि 

 

साथ तिम्रो पाउँदा ममताको कमी हुँदैन 

सफलता मिल्छ सधैँ असफलताले कहिल्यै छुँदैन ।