Logo

Student Corner

वर्षा

Written by: Jiya Sapkota - 25003, Grade X

Posted on: 30 June, 2022

जति वर्षिन्छन् थोपाहरू 

म त्यति शान्त हुन्छु ।

सबै ध्यान आवाजतिर लागेर 

म सङ्गीत सुन्छु ।


कहिले कृषकको सहारा बन्छ

कहिले दुःखीको हर्ष

वर्षाले योगदान दिई

काम अनेक गर्छ ।


राम्रो मात्र गर्दैन 

तर

बोट बिरुवा ढलाउँछ

बालीनाली बिगारेर जीवन 

तहसनहस पनि बनाउँछ ।


बाटोभर जलाशय अनि खाल्डाखुल्डी  

गाडी चल्न दिँदैन यसले

काम जति रोकिए

तर

झरी रोकिदैन

जति पाेखिए पनि सकिँदैन ।


यसका पनि छन् हेर 

घरी घरी फेर्छ रूप हेर

बिगार्छ र सपार्छ पनि 

तर 

लाग्छ यसकाे अपार माया ।