Logo

Student Corner

चाडपर्व

Written by: Ojaswini Lama - 29019, Grade VI

Posted on: 30 June, 2022

आहा फेरि आयाे चाडपर्व

हर्ष र उल्लासले म पुरै दङ्ग

रमाइलाे हुन्छ जब सबै सँगै हुन्छाैँ 

चाडपर्व मनाउँदा सबै दुख भुल्छाैँ  । ।


दसैँ, तिहार, तिज अनि हाेली

कहिले आउला फर्केर आज कि भाेलि 

सबैसँग खाँदा पिउँदा लाग्छ रमाइलाे 

काेही आफन्त विदेशमा छन् लाग्छ धेरै खल्लाे । ।


हामी देशमा रमाउँदा उता मन दुख्ला

सबकाे माथमा टीका देख्दा घरकाे याद आउला 

सबै छाेडी आउँदा पनि जहान पाल्नुपर्ने 

दुखपछि सुख आउला भनी बुझ्नुपर्ने ।।


चाडपर्व हाम्रा गर्व हाम्रा हुन् संस्कृति

सम्मान गराैँ रक्षा गराैँ नबनाऊँ विकृति 

आफ्नै ठाउँ आफ्नै भेष प्याराे आफ्नै देश 

विदेशमा रुनुभन्दा देशमै बस्नु बेस ।।