Logo

Student Corner

मेरो रमाइलो यात्रा

Written by: Bipan Sajwal - 24015, Grade XI

Posted on: 29 June, 2022

यात्रा भनको कुनै पनि एक ठाउँबाट अर्को ठाउँमा जानु हो । यात्रा गर्दा रमाइलो हुन्छ । संसारमा हरेक मान्छेले आफ्नो जीवनमा कहीँ न कहीँ यात्रा गरेकै हुन्छ । तर मान्छेले गरेका यात्राहरूमध्ये  कुनै चाहिँ भुल्नै  नसकिने खालका पनि हुन्छन् । 

मैले पनि जीवनमा धेरै यात्राहरू गरेको छु । जसमध्ये  मेरो जीवनको सबैभन्दा रमाइलो यात्रा भनेको मा कक्षा ८ मा अध्यन गर्दाताकाको हाे । मेरा सबै सहपाठी साथीहरूसँग चितवन सौराहा गएको थिएँ । वि.सं. २०७६ साल ९ महिना १७ गते शुक्रबारको दिन म विद्यालयमा थिएँ मेरो त्यति बेला विज्ञान विषयको पढाइ भइरहेको थियो । अफिसबाट आएर एक जना शिक्षकले हामीलाई अर्को दिन चितवन सौराहा (चितवन रास्ट्रिय निकुञ्ज ) भ्रमण लागि लैजाने भनेर भन्नुभयो । त्यो दिन म र मेरा  सहपाठी साथीहरू एकदमै खुसी थियौँ । त्यो रात म र मेरा साथीहरू राम्ररी सुतेका पनि थिएनौ । हाम्रो मनमा एक किसिमको आनन्दको महसुस भइहेको थियो । हाम्रो त्यो रात यस्तै रमाइला  कुराको कल्पनामा बितिरहेको थियो । हेर्दाहेर्दै हाम्रो चितवन जाने दिन पनि सुरु भैसकेको थियो । म लगायत मेरा साथीहरू सबै हामी विद्यालयमा भेला भएर विद्यालयको गाडीमा बसेर यात्रा सुरु गर्यौँ । हामीहरू सबैजना एकदम रमाइलो गर्दै गाडीमा नाच्दै गाउँदै बाटो लागेका थियौँ । जाँदाजाँदै हामीले बाटोमा खाना खान गाडी धादिङ गएर रोकेका थियौँ अनि खाना खायौँ । त्यसपछि हामी फेरि गाडीमा बसेर बाटो लाग्याैँ। खाना खाएपछि हामीमा उत्साह थिएन । त्यसैले हामी गाडीमा आनन्दले २ घण्टाजति सुतेर चितवन पुगेका थियौँ । हामी चितवन पुगेर एउटा थारु जातिले बनाएको होम स्टेमा गएका थियौँ । हामीले हाम्रो सबै सामान त्यही छाडेर जिपमा बसेर जङ्गल सफारी गर्न गयौँ । त्यहाँ हामीले धेरै किसिमका जनावरहरू पनि देख्यौँ । हामीले सारै रमाइलो गर्दै जनावरहरू हेर्दै आइसक्रिम खाँदै फोटो खिच्दै जङ्गल भ्रमण गर्यौँ । त्यसपछि हामी जङ्गल सफारी सकेर हात्तीहरू भएको ठाउँमा गएर हात्तीहसँग रमायौँ । त्यसपछि हामी यता थारूजातिद्वारा निर्मित एउटा सङ्ग्रहालय गयौँ । सकेपछि हामी फर्केर हाम्रो होम स्टेमा आयौँ । आआफ्नो फोन चार्जमा राखेर इभिनिङ वाक गर्न हाम्रा गुरुहरूसँग खोला किनारमा गयाैँ । सधैँ काठमाडौँको धुलोमा हिँडेका हामीलाई  तराईको चिसो हावा खाँदा स्वर्गीय आनन्दको महसुस भैइहेको थियो । हामी इभिनिङ वाक सकेर फेरि होम स्टे फर्कियौँ र खाना खायौँ । खाना खाएर हामी चिसाे हावा खाँदै थियौँ । त्यही बेला उताबाट थारूजातिका महिलाहरू आएर हामी सबैलाई नमस्कार गरे । हामी अकमक्क पर्यौँ अनि भित्रबाट गुरुहरू आएर भन्नुभयो । उनीहरू हामीलाई थारु नृत्य देखाउन  आएका रहेछन् । गुरुहरूको कुरा सुनेर हामी सबैजना एकदम खुसी भयौँ र नृत्यको मनोरञ्जन लिन थल्यौँ । हामीलाई पनि उनीहरूले नाच्न आग्रह गरे । हामी पनि मज्जाले नाच्न थाल्यौँ । असाध्यै रमाइलो भयो । सायद म मेरो जीवनमा त्यो दिन सबैभन्दा बढी रमाएकाे दिन हाेला । फेरि त्यसरी सहपाठी साथीहरूसँग रमाउन पाउने छैन होला जस्ताे लाग्छ । त्यति सबै गरी सकेर हामी सुत्न भनी आआफ्नो कोठामा पस्यौँ । त्यतिबेला हाम्रो उमेर पनि उस्तै चकचक गर्ने थियाे । उमेर त्यस्तै भएर पो होकी हामी त्यो रात सुत्दै सुतेनौँ ।  रातभरि (पिल्लो फाइट ) मतलब तकियाले एक अर्कालाई हानाहान गरेर बस्यौँ । केही समयपछि हामी थाकेर कोठाबाहिर निस्केका मात्र के थियौँ कोठाका साथीलेहरूले एकजना सानो मान्छे, हुन त हाम्रै कक्षाकै हो ऊ पनि बच्चाजस्तो गर्थ्यो,डराउँथ्याे। ऊ ट्वाइलेट गएको बेला बत्ती निभाएर डराउन दिएछन् । बिचरा ऊ रुँदै  ट्वाइलेट बाहिर आयो । त्यसलाई हामीले धेरै फकायौँ ।  पेट मिचीमिची हाँस्यौँ पनि । हाम्रो त्यो रात त्यही त्यसरी नै बित्यो । 

अर्को दिन हामी बिहानै उठेर खाजासाजा खाएर समानहरू लिएर गाडीमा बस्यौँ । हामीलाई अब काठमाडौँ फर्किन्छौझैँ लागेको थियो तर गाडी त्यहाँबाट नवलपरासीतर्फ लाग्यो । हामी खुसीले झन् रमाउन  थाल्यौँ । हामी त्यताबाट सिजी धामतिर लाग्यौँ । सिजी धाम पुगेर हामीले फोटाहरू खिच्यौँ घुम्यौँ अनि धेरै रमाइलो गर्यौँ । घुमिसकेपछि हामी काठमाडौँ फर्किन थाल्याैँ । मलगायत साथीहरूलाई घर आउन मन लागेकै थिएन । तर क गर्नु आफ्नो घर नआइ नहुने । हामी सबै आआफ्नो घर आयौँ । 

मेरो जीवनको सबैभन्दा रमाइलो यात्रा यसरी सकिएको थियो । मेरो जीवनमाजस्तै सबै मानिसको जीवनमा पनि कुनै न कुनै त्यस्तो यात्रा अरूकाे पनि हाेला । जसलाई मानिसले जति नै सुकै ठुलो मान्छे भए पनि कहिल्यै भुल्न सक्दैन । म त झन् के भुल्थेँ र मेरो जीवनको सबैभन्दा रमाइलो पल । अहिले ती दिनहरू सम्झिँदा पनि आकाशमा ती दिनहरूमा फेरी फर्केर जान सक्ने भए ……….सोच आउँछ ।