Logo

Student Corner

प्रदूषण

Written by: Prakarsha Tabdar - 25010, Grade X

Posted on: 28 June, 2022

हामीले आफ्नो वातावरण स्वच्छ र सफा राख्नुपर्छ । हाम्रो वातावरण फोहाेर भयो भने प्रदूषण हुन सक्छ । प्रदूषण भयो भने हामीलाई त्यही प्रदूषणबाट रोग लाग्न सक्छ । हामीले जथाभावी ठाउँमा फोहाेर नफालेर प्रदूषण कम गर्न सक्छाैँ । प्रदूषण हुनुको सबैभन्दा ठुलो कारण मान्छे नै हाे । जथाभावी ठाउँमा मानिसहरूले फोहाेर फालेकै कारण विभिन्न राेगहरू फैलिँदै गइरहेका छन् । हाम्राे देशका मुख्य सहरहरूमा त झन् ठाउँ ठाउँमा फोहाेर थुप्रिएको हुन्छ । मानिसहरू यसकाे जिम्मेवार काेही पनि हुँदैनन् । प्रदूषण पनि धेरै किसिमका हुन्छन् । वायु प्रदूषण,वातावरण प्रदूषण्, जल प्रदूषण आदि । वातावरणमा हुने प्रदूषणलाई वातावरण प्रदूषण भनिन्छ । मानिसहरूको लापरवाहीले गर्दा पनि वातावरण प्रदूषण भइरहेको छ । हामीले वातावरण प्रदूषण हुन नदिनकाे लागि ठाउँठाउँमा डस्टबिन राख्नुपर्छ । जथाभावी ठाउँमा फोहाेर फालेमा जरिवाना तिराउनुपर्छ । ठाउँठाउँमा शाैचालय बनाउनुपर्छ । हामीले यस्तो गर्न सक्याैँ भने वतावरण प्रदूषण हुँदैन । गाडीहरूबाट आउने धुँवा, धुलाे र कलकारखानाबाट आउने धुँवा तथा प्लास्टिक, जलाउँदा आउने धुँवाले हाम्रो वायुलाई प्रदूषण गरिरहेकाे हुन्छ । नेपालमा भएका कलकारखानाहरूबाट पनि धेरै रसायनको धुँवा वायुमा मिसिन्छ र वायु प्रदूषण हुन्छ । आजकाल नेपालमा गाडीहरूकाे सङ्ख्या बढ्दै गइरहेका छन् । जसले गर्दा पनि वायु प्रदूषण भइरहेको छ । हामीले यस्ता पेट्रोल र डिजेलबाट चल्ने गाडीहरू कम गर्नुपर्छ । हामीले यस्ता पेट्रोल र डिजेलबाट चल्ने गाडीकाे सट्टा बिजुलीबाट चल्ने गाडीको प्रयोग गर्याैँ भने वायु प्रदूषण धेरै कम हुन्छ ।  जल प्रदूषण पनि नेपालको एकदम ठुलो समस्या हो । यसै गरी हाम्रा नदीनालाहरू फाेहाेर हुँदै गइरहेका छन् । यसतर्फ सबै सचेत हुनु जरुरी छ ।