Logo

Student Corner

एस.इ.इ परी‍‍‍‍‍‍क्षा

Written by: Abi Bhattarai - 24039, Grade XI

Posted on: 27 June, 2022

एस.इ.इ. परीक्षा भनेको विद्यालय तहमा  दिइने कक्षा १० काे अन्तिम परीक्षा हो । यो परीक्षालाई धेरै महत्त्वपूर्ण रूपमा लिइन्छ । याे परीक्षालाई विद्यार्थीहरूको जीवनको फलामे ढोका पनि भन्ने गरिएकाे छ । 

मैले पनि गत वर्षकाे एस.इ.इ. परीक्षा वैशाख महिनामा दिएको हुँ । एस.इ.इ मा मैले अनुभव गरेका कुराहरू बताउन गइरहेको छु । दुई महिना पहिले म  एस.इ.इ परीक्षाको लागी तयारी गरिरहेको थिएँ । पहिलो पटक यस्ताे परीक्षा दिन लागेको भएर होला मलाई निकै डर लागिरहेको थियो। 

त्यसमाथि झन् कोरोनाले  गर्दा पनि हाम्रो कोर्स ढिला भएकाले हाम्रो पुनरावृत्ति हुन राम्ररी पाएन । थोरै समय मात्रै भयाे । त्यकारण हामी निकै तनावमा थियौँ । यस्तो समयमा हामीलाई हाम्रा गुरुबाहरूले एस.इ.इ. परीक्षामा पढाएकै कुराहरू आउँछ । आत्तिनु पर्दैन भनेर प्रोत्साहन गर्नु हुन्थ्याे । थोरै समयका लागि भए पनि पुनरावृत्ति भएको थियो ।  परीक्षालाई मध्यनजर गर्दै म पनि टुप्पी कसेर पढिरहेको थिएँ । त्यसपछि परीक्षाको समय आयो । परीक्षा सुरु हुनभन्दा अगाडि हाम्रो दुई दिन बिदा थियो । त्यतिबेला मैले सबै पढाएका कुराहरूलाई  मज्जाले पढेँ । परीक्षाको दिन पनि आयो । म धेरै नै डराइरहेको थिएँ । हाम्रो सेन्टर पनि विद्यालयबाट टाढा रहेछ । हामी विद्यालयमा बिहानै गयौँ र त्यहाँ हामीलाई गुरुबा गुरुआमाहरूले टिका लगाइदिनुभयाे । परीक्षामा राम्रो अङ्क ल्याउन आशीर्वाद दिनुभयो। 

हाम्रो पहिलो दिनकाे परीक्षा अङ्ग्रेजी विषयको थियो । अङ्ग्रेजी विषयको परीक्षा धेरै राम्रो  भयो । पहिलो परीक्षा सकिएपछि एक दिन बिदा थियो । बिदापछि गणितको परीक्षा हुने भएकाले त्यो एक दिन बिदामा मैले खुब पढेर बसेँ । त्यती धेरै अभ्यास गर्दा पनि मलाई अझै पनि डर लागिरहेको थियो । कही कतै गारो प्रश्न त आउने हैन ?भन्ने प्रश्नहरू मेरा दिमागमा खेलिरहेका थिए । तर 

प्रश्न हेर्दा त्यति गारो थिएन । पाँच अङ्कका प्रश्न भने अलिकति गाराे र हल गर्न एकछिन सोच्नु नै पर्ने खालका थिए । मैले सबै प्रश्नहरूकाे राम्ररी उत्तर लेखेँ । ए ग्रेड आउँछ जस्तो पनि लग्यो । त्यसपछि नेपाली र विज्ञान विषयकाे परीक्षा कहिले सकियाे थाहा नै भएन । सामाजिक विषयको पनि मैले राम्ररी लेखेर आएँ । कम्प्युटर र हेल्थको प्रश्न्न पनि सारै सजिला थिए। एउटा अप्सनल म्याथकाे पनि गारो प्रश्न आउला जस्तो लाग्याथ्यो तर त्यसको पनि सोचेको भन्दा सजिलै प्रश्नहरू आए । 

यसरी नै मैले मेरो एस.इ.इ. परीक्षा दिएँ। 

मेरो .परीक्षा चाहिँ राम्रै भएको छ। अहिले एस.इ.इ. परीक्षाको परिणाम प्रकाशित भएकाे त छैन तर मेरो ए प्लस ग्रेड आउला भन्ने मैले आश गरेको छु ।