Logo

Student Corner

मेरो चाहना

Written by: Anuska Yadav - 26003, Grade IX

Posted on: 27 June, 2022

मेरो चाहना छ डाक्टर बन्ने, 

डाक्टर बन्न मैले धेरै पढ्ने, 

डाक्टर बनी बिरामीको सेवा गर्ने, 

चाहना हो मेरो समाजसेवा गर्ने ।  


सफल डाक्टर म अवश्य बन्नेछु ;

सफल हुन म श्रम गर्ने छु।  

जसरी नि म डाक्टर बन्ने छु, 

हट्ने छैन पछाडि अघि बढ्ने छु।

 

सानैदेखि मेरो एउटा छ है इच्छा ,

बिरामीको सेवा गर्ने मेरो छ इच्छा,

इच्छा पूरा गर्न लिन लिनुपर्छ शिक्षा 

राम्रो शिक्षा लिएर बन्नेछु म डाक्टर। 


मेरो बुबा जस्तै म डाक्टर बन्नेछु ;

हट्ने छैन पछाडि अघि बढ्ने छु। 

दु:ख कस्ट गरी म मिहिनेत गर्नेछु;

आशा छ एक दिन म डाक्टर बन्ने छु।