Logo

Student Corner

कुकुर

Written by: Aslesha Baidhya - 32037, Grade III

Posted on: 27 June, 2022

मेराे सबैभन्दा मन पर्ने जनावर कुकुर हाे । याे मानिसकाे सबैभन्दा नजिककाे साथी हाे । यसकाे चारवटा खुट्टा, दुईवटा आँखा र एउटा नाक हुन्छ जसले धेरै सुँघ्‍न सक्छ । याे धेरै टाढासम्म दाैडिन सक्छ । याे खेल्न पनि सक्छ । याे खुसी हुँदा पुच्छर हल्लाउँछ । यसकाे कहिलेकाहीँ राैँ पनि झर्छ । याे घरपालुवा जनावर हाे । यसले घरकाे सुरक्षा गर्छ । चाेरहरू घरमा पस्‍न दिँदैन । त्यसैले मानिसहरूले घरकाे सुरक्षाका लागि कुकुर पाल्ने गर्दछन् ।