Logo

Student Corner

नेपालका नेता

Written by: Remon Sangat - 25012, Grade X

Posted on: 24 June, 2022

हाम्रो देशका नेताहरू कति धेरै बाठा 

जनता भने यिनका कुरा पत्याउने लाटा ,

असल नेता छैनन् कोही यहाँ 

सोझा जनतालाई लगाई सके पाखा ।


अचम्मको रैछ यो राजनीति

नेताहरू सत्तामा नै मस्त ,

पिर व्यथा जनताका बुझ्ने होइन 

कस्तो होला नेपालको राजनीति ?


सबै नेता कुरा ठुला-ठुला गर्छन् । 

देशको कुनै चिन्ता छैन,

जनताको के काे चिन्ता छैन 

पैसा भएपछि आफन्त नि भुल्छन् ।


अचम्मको रैछ यो 

राजनीतिको खेल, 

गर्न जानेका छन् जालझेल 

आफ्ना लागि खेल्छन् ठुलो खेल ।