Written by: Hardik Sharma Phuyal - 29047, Grade VI
Posted on: 24 June, 2022
हिमाल हाम्राे देशकाे निशान
पर्वत राजा अति नै महान
उत्तरी भेगकाे चाँदी र सुन
देशलाई चिनायाै लगायाै गुन
उच्च शिर सधैँ अटल
मेराे देश छ धेरै नै विशाल
विश्वलाई हेरी मुसुक्क हाँस्छ
पहाडसँग पिरती गाँस्छ ।
सम्पूर्ण देशलाई हरियाे पार्ने
यसैले नै हाे देशलाई सपार्ने ।