Logo

Student Corner

बिदामा बितेका दिनहरू

Written by: Himamsu Bal - 31009, Grade IV

Posted on: 24 June, 2022

परीक्षा सकेर बिदामा म मेराे बाबा आमासँग गाउँ गएकाे थिएँ । हामीसँग मेरी दिदी पनि जानुभएकाे थियाे । गाउँमा हामी हाटबजार र मन्दिर घुम्याैँ । हामी गाउँभन्दा अलि पर भरत तालमा पनि गयाैँ । भरत तालमा धेरै माेटर डुङ्‍गाहरू पनि रहेछन् । हामी माेटर डुङ्‍गामा चढेर पुरै ताल घुम्याैँ । त्यहाँ गर्मी भएकाे कारणले हामीले धेरै पटक बरफ र चिसाे खानेकुराहरू खायाैँ । हामीले तालकाे वरिपरि घुमेर फाेटाे पनि खिच्याैँ । गाउँमा हामी  पदयात्रा ( हाइकिङ ) पनि गएका थियाैँ । खाेलामा पाैडी पनि खेलेका थियाैँ । गाउँमा मलाई १ हप्ता बितेकाे थाहै भएन ।