Logo

Student Corner

मेरी बुढी अजी

Written by: Ambira Pradhan - 24009, Grade XI

Posted on: 23 June, 2022

मेरी बुढी अजीको नाम  सुक कुमारी श्रेष्ठ हो । उहाँ तनहुँको  एउटा गाउँमा धेरै वर्ष अगाडि जन्मनुभएकाे हाे। उहाँ सानो छदै बिहे उहाँकाे बिहे भएकाे हाे । उहाँ मेरी आमाकी आमा मेरी जिजु हजुरआमा  हुनुहुन्छ । उहाँ अहिले ९४  वर्षकी हुनुभयाे । उहाँका दुई वटा छोरीहरू हनुहुन्छ । ऋषि पिया  र कुसुम मल्ल । कुसुम अजी चाहिँ मेरो अजी हो । उहाँकाे पतिको नाम धीरभक्त श्रेष्ठ हाे । बुढी अजीले बुढा अजासँग  नेपाल र  भारत भ्रमण गर्नुभएकाे छ ।  कुसुम अजी चाहिँ भारतमा हुँदा जन्मिनुभएको थियो ।

बुढी अजी र बुढा अजा केही समयसम्म  बन्दिपुरमै बस्नुभयो । त्यसपछि उहाँहरू दुवै जना नारायणगढमा बसाइ सर्नुभयो । बुढा अजा विश्वयुद्ध  लड्न पनि जानुभएकाे थियाे रे । त्यतिबेला विश्वयुद्ध लड्न गुरुङ ,मगर आदि जातका मानिस जान्थे रे तर नेवारहरू विश्वयुद्ध लड्न जाँदैनथे । उहाँ आफ्नो नाम फेरेर  विश्वयुद्धमा जानुभएछ । उहाँ म्यान्मारमा खटिनुभएकाे रहेछ ।

एक दिन युद्धको समयमा बुढा अजा र उहाँका साथीहरू खाडलमा रहेछन् ।  त्यही रात युद्ध हुन्छ होला भनेर   उहाँ र उहाँका केही साथीहरू खाडलबाट  निस्केर गएछन् । तर उहाँको एउटा साथी खाडलमै छुटेछन् । उहाँकाे एउटा साथी त्यही खाडलमा परेर उसको मृत्य भएछ । बुढा अजा विश्वयुद्ध लडेर फर्किदा उहाँकाे देब्रे खुट्टामा गोलीको चोट थियो । याे सबै कुरा मलाई बुढी अजी र मामुले भन्नुभएको थियो । बुढा अजाले  वि . सं. २०५८ मा यो धर्तीं छोडेर जानुभएको थियो ।

बुढा अजाले दोस्रो विवाह पनि गर्नुभएकाे थियाे । दोस्रो विवाहपछि बुढी अजी र बुढा अजा छुट्टै  घरमा बस्न थाल्नुभयाे । बुढी अजी सानो घरमा त्यसपछि उहाँ अहिले पनि तगडा हुनुहुन्छ । उहाँ निकै मिहनेती हुनुहुन्छ । अहिले पनि उहाँकाे घर जादा एकदम चिटक्क हुनुहुन्छ । उहाँ  अहिले नारायणगढमै बस्नुहुन्छ। मैले  बुढी अजीलाई  पछिल्लाे पटक यो बर्षको वैशाख महिनामा भेटेकी थिएँ ।