Logo

Student Corner

स‌ंसारमाथि साथी

Written by: Rushina Tamang - 26008, Grade IX

Posted on: 22 June, 2022

संसारभन्दा माथि

हुन्छन् हाम्रा साथी;

माया लाछ साथीको

सबैभन्दा माथिकाे ।


किनकि,

बुझ्ने हुन्छन् साथी नै

हाम्रो खुसीलाई

हाम्रो मनलाई

हाम्रो तनलाई 

हाम्रो दुःखलाई

हाम्रो सुखलाई ।


यदि,

हामी किताब हौँ भने

साथीहरू पढ्छन् हामीलाई

हामी शीर्षक हौँ भने

लेख्छन् हामीलाई ।


बुझ्छन् हामीलाई

सुन्छन् हामीलाई

बनाउँछन् हामीलाई

सुनाउँछन् हामीलाई ।


त्यसैले,

संसारभन्दा धेरै

पारवारभन्दा धेरै

सबैभन्दा धेरै

माया लाग्दो रैछ साथीको

आफैँभन्दा माथिकाे ।