Logo

Student Corner

हे युवा

Written by: Suprabh Acharya - 27014, Grade VIII

Posted on: 22 June, 2022

हे युवा, अब तिमी भित्रकाे

ताताे खुन बहन थाल्नुपर्छ

बस्तीबस्ती र गल्लीगल्लीबाट 

परिवर्तनकाे राँकाे बाल्नुपर्छ ।।


ती बालक ती वृद्ध

महिला र असक्तताका लागि 

क्रान्तिकाे बिगुल फुक्दै 

असमानता र विभेदकाे पर्खाल ढाल्नुपर्छ ।।


अब तिमीले अन्याय र अत्याचार

कुरीतिकाे विरुद्धमा 

न्याय, सदाचार र समानताकाे 

कदम चाल्नुपर्छ ।।


यति मात्र हाेइन तिमीले 

बेसहाराहरूकाे बैसाखी बन्दै 

गरिबकाे भाेकाे पेट र फाटेकाे

सपनालाई टाल्नुपर्छ ।।


आऊआऊ तिमी 

हामीसगैँ हातेमालाे गर

पुराना साेँच बाेकेकाहरूकाे 

अहमता र अहङ्कारलाई अब गाल्नुपर्छ ।।


छाड तिमी ताक्न अरूकाे मुख

नयाँ नेपाल निर्माण गर्नुछ

अब बेथिति र भ्रष्टचारकाे समस्यालाई

यहाँ जरैबाट फाल्नुपर्छ।।