Logo

Student Corner

उज्यालो छर्नु छ अँध्यारा वस्तीहरूमा

Written by: Anushree Acharya - 28002, Grade VII

Posted on: 21 June, 2022

नाङ्गो पहाड झैँ 

उजाडिएका 

आफ्ना सपनालाई 

बलिरहेको अग्निमा

स्वाहा बनाइदिएर 

बिछिप्त मस्तिष्क बोकेर

एक्लै निस्सासिँदै वर्षौँदेखि  

चुपचाप बाँचेका छन् नारीहरू 


परिवर्तनका नाराहरू

घन्किन्छन् चोक चोकमा

गल्लीहरूमा

समानताका नाराहरू

कुर्लिन्छन् केवल देखावटी 

घरमै घरमै छन् विभेदका जराहरू

डिग्री पढेका दाजुहरू नै 

कमजोर ठानिदिन्छ्न् बहिनीहरूलाई

त्यत्ति नै  पढेका काकाहरू नै 

बुझ्दैनन्  रजस्वला र छुवाछूतको व्यवहार देखाउँछ्न्

 सृष्टिकी मुहान छोरीलाई 

अनि हजुरबुबाका नीति र नियमको डोरीले बाँधेर 

कठघरामा उभ्याइन्छ नारीहरूलाई

बाहिर बाटोमा हिँड्दा पनि

डराउनुपर्ने अवस्था बनाएको छ समाजले

स्वतन्त्र भएर बाँच्न पाउने अधिकार

खोसिएको छ 

अब एकजुट भएर

आगो बोकेर मैदानमा

निस्कनु छ र डढाइदिनू छ विभेदका जालाहरू

भत्काइदिनू छ अन्धविश्वासका महलहरू

र बनाउनछ चेतना पढाउने स्कुलहरू

त्यहाँ पढ्न पठाउनूछ 

हरेक घरका दाजु ,काका र हजुरबुबालाई घोकाउनुछ 

चेतनाका मन्त्रहरू

च्यात्नू छ अन्धविश्वासका किताबहरू 

अनि छाप्नुछ समानताका शैक्षिक सामग्रीहरू

सिकाउनछ भावी पुस्तालाई

मान्छेको जात एउटै हो भनेर 

अझै पढाउनुछ छोरा न  छोरी 

सन्तान एकै हुन् भनेर 

र डाेर्‍याउनुछ उज्यालोतर्फ 

प्रत्येक घरलाई अनि

 छर्नुछ उज्यालो 

अँध्यारा वस्तीहरूमा ।