Logo

Student Corner

साेच बदलाैँ

Written by: Aayusi Shrestha - 26002, Grade IX

Posted on: 21 June, 2022

जात धर्ममा किन भेदभाव 

बदलियाे समय,

तर सोच बदलिएन ।

छुवाछुत प्रथा

खै के विश्वास हो यो

एउटै छ रगत

एउटै हो मानिस

खै किन छैन यहाँ समानता

टाढि दै छ मेलमिलाप,

जातधर्म फरक भनी

किन छ असमानता ?

एउटै होइनाै र हामी ?

 किन घृणा ?

किन भेदभाव ?

 किन फरक?

भेदभाव हटाऔँ

एकसाथ मिलौं

नेपाली हौँ सबै 

यो कुरा बुझौँ ।