Logo

Student Corner

बाग्मती

Written by: Agraj Rijal - 29004, Grade VI

Posted on: 20 June, 2022

हिउँ पग्लिएर बाटाे बनाउँछिन्

बागद्वारबाट सुसाउँदै आउँछिन् ।


साना वा ठुला कुला मेट्छिन्

बग्दै जान्छिन् समुद्र भेट्छिन् ।


सबैंलाई चाहिने पानी दिन्छिन्

हर प्राणीलाई मदत गर्छिन् ।


रिसाएमा बगाउँछिन् सबै

खुसी भएमा सबैकी दबाइ


तर अहिले शुद्ध रूप देख्नुछैन

दर्गन्धले गर्दा छैन चैन 


सबै मिली बाग्मती सफा गराैँ 

पुष्पवृक्षले परिवेश भराैँ ।