Logo

Student Corner

समाजले के भन्ला ?

Written by: Angel dhimal - 25002, Grade X

Posted on: 17 June, 2022

यो समाज ले के भन्ला ?  मानिसहरू यही एउटा कुराले गर्दा कति आफ्ना सपनाहरू त्याग्छन् । आफूलाई गर्न मन लागेको काम गर्न हिच्कचाउँछन् ।   समाजले के भन्ला,भन्ने डरले एउटाले नाच्न छोड्याे । उसले आफ्ना आमाबुवाको  समर्थन पाएन । किनभने उनीहरूले पनि समाजले के भन्छ; भनेर छोरालाई डाक्टर, इन्जिनियर बनाउनु पर्ने ठाउँमा नाच्न प्राेत्साहन गर्‍यो भनेर भोलि यही समाजको अगाडि शिर निहुराउन बाध्य हुनुपर्छ । आफूलाई मन लागेको काम राम्रोसँग  गर्‍यो भने यदि त्यो नाच्न गाउन नेै किन नहोस‍्, त्यो मान्छे डाक्टर इन्जिनियर जतिकै सफल हुन सक्छ । तर यो कुरा धेरैले बुझ्दैनन‍‍् । यो त एउटा  उदाहरण मात्र हाे । अझै पनि मानिसहरूले यो समाजले के भन्ला र सोच्ला भन्ने कुरामा धेरै जोड दिन्छन् । 

आफ्ना सपनाहरूलाई आफ्नो डरले गर्दा लुकाउँछन् । एउटा धनी मानिसले धेरै पैसा खर्च गरेर पार्टी खुवाउँछ । धेरै महँगो सजावट गर्छन् । अरू मानिसहरूलाई देखाउनुछ । किनकि ऊ कति धनी छ र कतिसम्म महँगो पार्टी खुवाउन सक्छ । एउटा मानिसले महँगो पार्टी गर्यो भने अर्को मानिसलाई उसले गरेको भन्दा झन् राम्रो र महँगो पार्टी गर्न मन लाग्छ । उसलाई पनि अरूलाई देखाउनुपर्छ कि ऊ पनि कति राम्रो पार्टी गर्न सक्छ भनेर ।  यो समाजमा सबैजसाे मानिसहरू त्यहीँ गर्छन् । एक अर्कामा हाेडबाजी नै चल्छ । ऊभन्दा म ठुलो छु भनेर देखाउन खोज्छन् ।  समाजमा बसेपछि उसलेभन्दा आफूले केही अझ राम्रो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । समाज यसमै अल्झिएकाे छ । जो मानिस अलि गरिब छन् । अरूले जस्तो खर्च गर्न सक्दैनन् । उनीहरूले आफूले पनि त्यस्तो खर्च नगरे फेरि यो समाजले के भन्ला भन्ने पिर पर्न थाल्छ । अब ऋण लिएर हुन्छ कि के गरेर हुन्छ उनीहरू पनि अरूले गरेको जस्तै गर्छन् । यो सबै गर्नुको पछाडि कारण के छ त मैले यदि उसलेभन्दा राम्रो गरिनँ भने यो समाजले मलाई के भन्ला ? मेरो बारेमा के सोच्ला । 

परिवारमा अन्तरजातीय विवाह गर्न दिँदैनन् किनभने उनीहरूलाई डर लाग्छ मैले आफूभन्दा तल्लो जातसँग आफ्ना छोराछोरी दिए भने यो समाजमा मेरो इज्जत जान्छ । यसकाे कारण भनेकाे पनि यो समाजले मलाई के भन्छ भन्ने साेचाइ आएकाले मानिसले अन्तरजातीय विवाह गर्न सक्दैनन् ।  हरेक आमाबुवालाई आफ्ना छोराछोरीको खुसीभन्दा पनि उनीहरूलाई समाजका  कुरामा डर हुन्छ। 

यस्ताे परिवेश र चलन पटक्कै पनि राम्राे हाेइन । हामीले आफ्नो खुसी मारेर अरूले के भन्छ भन्ने कुरा सोच्नु हुँदैन । समाजमा बसेको कुरा सबैको हुन्छ तर हामीले यस्ता कुरामा मतलब गर्नुहँदैन । समाजले भन्दै गर्छ तर हामीले आफूले चाहेको राम्रो काम गर्नुपर्छ । यो समाजले मेरो बारेमा के भन्छ भन्ने सोचेर त्यो कुरा त्याग्यो भने पछि हामीलाई पनि पछुतो हुनसक्छ । समाजमा आफ्नो इज्जत बनाउनुपर्छ । आफूले सकी नसकी अरूलाई देखाउनको लागि कहिले गर्नुहुँदैन । आफूसँग नभएको कुरालाई स्वीकार गर्न स्विकार्नुपर्छ । सही कुरामा सबैले इज्जत पनि गर्नुपर्छ । तर अरूले के भन्छ र के सोच्छ भन्ने कुरामा आफ्नो खुसी कहिले मार्नु हुँदैन । हामी जे कुरामा राम्रो छौँ; त्यो कुरा हामीले गर्नुपर्छ । हामीले आफूलाई कहिले कमजाेर सोच्नु हुँदैन । यो समाजले के सोच्ला भन्ने कुरामा ध्यान दिनुहुँदैन । हामीले आफ्नो खुसी र सपनालाई साकार बनाउनुपर्छ ।