Logo

Student Corner

नेपालकाे शिक्षा प्रणाली

Written by: Niharika Chapagain - 25006, Grade X

Posted on: 16 June, 2022

नेपालकाे शिक्षा प्रणाली नेपालीहरूकाे साेचाइबाट चलेकाे छ । शिक्षा प्रणालीलाई नेपालीहरूले आफ्नाे विचारसँग जाेडेर आफ्नाे तरिकाले चलाइरहेका छन् । जसका कारण नेपालमा शिक्षाकाे स्तर राम्राे छैन । नेपालका सामुदायिक विद्यालयमा राम्राे शिक्षा प्रणाली नभएकाले धेरैजसो अभिभावाक आफ्ना सन्तानहरूलाई निजी विद्यालयहरूमा पठनपाठन गराउन बाध्य छन् । यसले के बुझाउँछ भने हाम्रा देशका सामुदायिक विद्यालयहरू विश्वसनीय र भरपर्दा छैनन् । 

नेपालका विश्वविद्यालयहरूले आफूलाई समयसापेक्षरूपमा परवर्तन गर्न खोजेका पनि छैनन् । शिक्षा प्रणालीमा सुधार गर्न नसक्नु भनेको नेपालीहरूले आफ्नो सोच परिवर्तन गर्न नसक्नु नै हो । नेपालका धेरैजसो विद्यालयहरू र  विश्वविद्यालयहरूमा घोकेर परीक्षा पास गर्ने परिपाटी छ । घोकन्ते शिक्षा कतिसम्म प्रभावकारी र दिगो हुन्छ यसमा कसैको ध्यान गएको छैन । धेरैजसो नेपालीहरू पढ्नु र बुझ्नुलाई छुट्याउन सक्दैनन् ।  त्यसैले जसरी तसरी घोकेर परीक्षामा राम्रो अङ्क ल्याए भने आफूलाई निकै जान्ने सम्झन्छन् ।

कुनै पनि बहुराष्ट्रिय कम्पनीहरूमा जागिर खानको लागि घोकन्ते शिक्षा प्रणालीकाे सर्टिफकेटले काम गर्दैन । यसैले शिक्षा भनेकाे व्यवहारिक हुनुपर्छ भन्ने मेराे मान्यता हाे । नेपालमा धेरै मिहिनेती सानै उमेरदेखि दुःख गर्न सिकेका विद्यार्थीहरू पनि छन् । हाम्राे शिक्षा प्रणालीले यस्ता विद्यार्थीहरूलाई अवसर दिँदैन । यस्ता हाेनहार विद्यार्थीहरूमा भएकाे ज्ञान व्यर्थै खेर गइरहेकाे छ । पाठ्यक्रम र पाठ्यपुस्तकलाई महत्त्व दिने नेपालकाे शिक्षा प्रणाली धेरै पुरानाे भइसकेकाे छ । विद्यालयहरूमा पनि यही कुरालाई सबैभन्दा ठुलाे ज्ञान मानिन्छ । धरै मानिसहरूकाे अतिरिक्त किताब पढ्ने बानी छैन । विद्यालयहरूमा पनि पुस्तकालयकाे व्यवस्था गरिएकाे हुँदैन । विद्यार्थीहरूलाई काेरा किताबी ज्ञान सिकाए ठुलै उपलधी ठान्ने साेचाइका कारण पनि नेपालकाे शिक्षा प्रणाली पछाडि परिरहेकाे छ । यसैले देश चलाउने नेतादेखि लिएर विद्वतवर्ग सबैले नेपालकाे व्यवहारिक शिक्षा प्रणालीमा जाेड दिनुपर्छ ।