Written by: Eva Adhikari - 29012, Grade VI
Posted on: 16 June, 2022
नेपालकाे सान सबैकाे पहिचान
उत्तरमा अवस्थित सेताे भेष
मेराे देश नेपाल मेराे हाे सबैथाेक
मेराे मुटु मेराे तन हिमालकाे देश
उत्तरी सीमानाकाे रक्षा गर्ने
हाे याे हाम्राे स्वाभिमान
विश्वमा मेराे देशलाई चिनाउने
हिमाल नै हाम्राे धन ।
हिमालकाे काखमा फुल्दछ लालीगुराँस
अनि डुल्दछ डाँफे मुनाल
संसारकाे अग्लाे हाम्राे सगरमाथा
विश्वमा देश चिनाउने हाम्राे छुट्टै गाथा
हिमालकाे पसिनाले नदीनाला बग्ने
विश्वमा पर्यटकलाई यही हिमालले तान्ने
शेर्पा भन्ने मूल जाति हिमालमा
बख्खु, ढाेचा, श्याब्रु लगाई नाच्छन् नेपालमा
हिमाल र नेपाल रहे नेपाल रहने
त्यसैले हामीले याे देश बचाउने ।।