Logo

Student Corner

पाण्डे र पान्डा

Written by: Jiya Sakota - 25003, Grade X

Posted on: 14 June, 2022

फडिनकाे गाउँ सानो थियो । करिब १५ परिवारको बसोबास त्यो गाउँमा थियो । मिलन नाउँ गरेका मानिस गाउँका अगुवा जस्तै सबैले मान्ने गरेका थिए । उनी अरू गाउँलेहरूभन्दा पढेलेखेका शिक्षित थिए। उनी जनावरप्रेमी थिए । त्यसैले घरमा एउटा जनावर पालेका लिए ।

उनले घरमा एउटा भालु पालेका थिए । मिलनले त्यो भालुलाई १५ वर्षदेखि पाल्दै आएका थिए । दिनप्रतिदिन मिलनसँगै भालुको पनि उमेर बढ्दै थियो । भालु पनि मिलनसँगै बुढो हुँदै गइरहेको थियो । खान पनि छोड्दै गइरहेको थियो । मिलनले उसलाई एउटा बाँसको खोरमा राख्ने गर्दथ्यो । बुढो हुँदै जाँदा उसको अनुहार र शरीरको रङ पनि सबै उड्दै गइरहेको थियो । आँखा वरिपरि काला धर्का बसेका थिए । आफूले १५ वर्षदेखि पाल्दै आइरहेको जनावरको यस्तो अवस्था देखेर उसलाई दुःख लागिरहेको थियो।

एक दिन मिलनले भालुको रङलाई परिवर्तन गरिदिए । अब भालुको जिउ टाटेपाटे देखिन थाल्यो । यसो हेर्दा ऊ अब भालु हो को कि अरू कुनै जनावर छुट्याउन भ्रम पर्ने खालको थियो । गाउँलेहरू पनि अब मिलनले भालुको सट्टा अर्कै जनावर पाल्न थालेको अड्कल गरे । मिलनले उसलाई पाण्डे नामले बोलाउन थाले । गाउँका अरू मानिसले पाण्डे भालुलाई पान्डा भनेर बोलाउन थाले । यसको अस्तित्व नै हराउँदै एउटा भालु कसरी पान्डा भयो ? यो सोच्ने विषय हो ।

हामीलाई पान्डा जनावरको अस्तित्वबारे थाहा नै छ । तर व्यङ्ग्यात्मक रूपमा हेर्दा यसको अस्तित्व र र सिद्धान्तमा धेरै फरक छ । कुनै पनि कुराको वा विषयको अस्तित्व र सिद्धान्तमा धेरै फरक हुन सक्छ । त्यसैले मैले पनि फरक खालको कथा लेख्ने कोसिस गरेँ । प्रसिद्ध लेखक रुडयार्ड किप्लिङको एउटा “जस्ट सो स्टोरिज” नामक कथा सङ्ग्रहबाट प्रेरित भएर मैले पनि उनले जस्तै व्यङ्ग्यात्मक कथा लेखनको प्रयास यस कथामा गरेँ ।