Logo

Student Corner

बगैँचामा फूल

Written by: Prathana Kshetri - 29021, Grade VI

Posted on: 14 June, 2022

आहा! साथी बगैँचामा कति राम्रा फूल

सुन्दर ती फूल टिपेर नगर्नु है भुल ।


यता फूल उता फूल जताततै फूलै

रस चुस्न बगैँचामा भँमरा छन् डुल्दै ।


राम्रा राम्रा पुतली नि बगैँचामा डुल्छन् 

बगैँचाकाे साैन्दर्यले घर परिवार भुल्छन् ।


नानीबाबु घरपरिवार बगैँचामा डुल्छन 

हजुरबुबा हजुरआमा फूलकै बिचमा रम्छन् ।


बगैँचामा भेट्छाैँ धेरै सिर्जनाका थुङ्गा

चराहरू रमाई रमाई भर्छन् नयाँ रङ्ग


आऊ साथी सबै मिली बगैँचालाई जाेगाऔँ

सुन्दर स्वच्छ  संसारमा बाँचाैँ अनि बचाऔँ ।।