Logo

Student Corner

कुकुर

Written by: Avneesha Maharjan - 32005, Grade III

Posted on: 13 June, 2022

मेराे मन पर्ने जनावर कुकुर हाे । कुकुरले हाम्राे घरकाे रक्षा गर्छ । कुकुर हाम्राे मिल्ने साथी पनि हाे । कुकुरलाई मासु र भात मन पर्छ । घरमा काेही नचिनेकाे मान्छे पस्याे भने कुकुरले भुक्छ । कुकुर धेरै प्रजातिका हुन्छन् । कुनै साना हुन्छन् र कुनै ठुला हुन्छन् । मलाई साना कुकुरहरू मन पर्छ । मेराे घरमा पनि कुकुर छ । उसकाे नाम ‘सेरी’ हाे । कुकुर घरपालुवा जनावर हाे । कुकुर धेरै बाठाे हुन्छ । कुकुरकाे बच्चालाई छाउराे भनिन्छ । हामीले कुकुरलाई ढुङ्‍गा हान्‍ने, कुट्ने गर्नु हुँदैन । कुकुरलाई माया गर्नु पर्छ ।