Written by: Melisha Karki - 29016, Grade VI
Posted on: 10 June, 2022
कलकल गरी
बग्छाै नदी तिमी
कहिले बग्छाै नरम भई
कहिले आँधी सरि ।
तिमीबिना सबै धर्ती
हुन्छ नरकसरि
गीत गाउछाैँ आफ्नै तालमा
गीत थरि थरि ।
तिमीबिना प्राणीकाे
रहँदैन चाेला
काेहीले भन्छन् नदीनाला
कसैले त खाेला ।
खुसी भए पहाडपर्वत
हरियाली पार्छाैँ
रिसाएमा काेखैभरि
घाउ तिमीले सार्छाै