Logo

Student Corner

हात्ती

Written by: Riwaan Shakya - 33018, Grade II

Posted on: 10 June, 2022

 मलाई मन पर्ने जनावर हात्ती हो । हात्ती ठुलो हुन्छ । हात्तीका दुईवटा ठुला ठुला कान हुन्छन् । हात्तीका चारवटा ठुला खुट्टा हुन्छन् । हात्तीको एउटा लामो  नाक र पुच्छर हुन्छ । हात्तीले आफ्नो सुँडले शरीरमा पानी हाल्न सक्छ । हात्ती खरानी रङको हुन्छ । हात्ती जङ्गलमा बस्छ । हात्ती शाकाहारी जनावर हाे । यसले घाँसपात, पराल आदि खान्छ । हात्तीका बच्चालाई छावा भनिन्छ । हात्तीका दुइवटा दाह्रा हुन्छन् ।  हामी हात्ती माथि बसेर जङ्गल घुम्न सक्छौँ ।