Logo

Student Corner

महिलाहरूको राजनीतिक सहभागिता

Written by: Nishan Shrestha - 25008, Grade X

Posted on: 09 June, 2022

नेपालमा पनि लाेकतान्त्रिक पद्धतिलाई आत्मसात् गरिएकाे छ । यति हुँदाहुँदै पनि नेपाली राजनीतिमा महिलाकाे सहभागिता पुरुषकाे तुलनामा न्युन छ । राजनीतिलाई एउटा खेलकाे रूपमा लिने परिपाटीले गर्दा नेपाली राजनीतिमा महिला पछि परेका छन‍् । 

हुनत महिलाले पनि समानता र राजनीतिक सहभागिताका लागि सङ्घर्ष गर्दै आइरहेका छन्  । पितृसत्तात्मक नेपाली समाजमा महिलाहरू भान्साकोठामा र घरायसी काम मात्र गर्ने परिपाटीका कारण उनीहरू पछाडि पर्दै आइरहेका छन् । सामाजिक, आर्थिक, सांस्कृतिकलगायत धेरैजसाे काममा पुरुषकै सहभागिता धेरै हुन्थ्याे । महिलालाई यस्ता काममा भाग लिन अनुमति थिएन । तर, आजकल महिला सचेतना, महिला सशक्तीकरण बढ्दै जाँदा केही अगाडि महिला पनि बढेकै छन् । अहिले महिला राज्यका हरेक निकायमा सहभागी हुन पाउँछन् । राजनीति गर्न, समाजसेवा गर्न, आफूलाई मन पर्ने पेसा अँगाल्न उनीहरू स्वतन्त्र छन् । नेपालकाे संविधानले महिलालाई पूर्ण अधिकार दिए पनि राजनीतिमा महिलाको सहभागिता किन कम छ त ? महिलाले आफूलाई कमजाेर ठान्नु र पुरानो समाजको प्रभावका कारण पनि  नेपाली राजनीतिमा महिला सहभागिता कम हुन सक्छ । केही अफ्ठ्याराे काम वा अवस्था आउनासाथ याे काम पुरुषको हो भन्ने उनीहरूको धारणा महिलामा भएकै कारण पनि उनीहरू पछि परेका हुन सक्छन् । २१ औँ शताब्दीमा आइपुग्दा पनि अझै पनि कतिपय महिलाहरू आफूलाई पुरुषभन्दा कमजोर ठानेका कारण पनि उनीहरू पछि परेका हुन सक्छन् । महिलाहरूको  राजनीतिमा चासो नभएर पनि हुन सक्छ ।

नेपालमा केही महिलाहरू राजनीतिमा सक्रिय सहभागी हुँदै देशकाे सर्वाेच्च पदमा आसीन पनि छन् । महिलाहरू राजनीतिमा सक्रिय भए भने तिनीहरूले परिवार समाज र राष्ट्र बदल्न सक्छन् भन्ने कुरा महिला स्वयंले बुझ्नुपर्छ । महिला अधिकार र हकहितका लागि सशक्त आवाज उठाउनु भनेकाे अरू महिलाका लागि पनि प्रेरणा मिल्नु हाे । महिलामाथि हुने विभेद हटाउन र समतामूलक समाजकाे निर्माण गर्न पनि महिलारूकाे राजनीतिमा सहभागिता हुन जरुरी छ ।