Logo

Student Corner

मेरी आमा

Written by: Aaradhya Prasai - 28001, Grade VII

Posted on: 09 June, 2022

जन्मेदेखि हुृर्केसम्म 

मेरी आमा मसँग 

गाह्राे साह्राे जे परे नि 

आमाकाे साथले म दङ्ग । 


रुँदा कराउँदा हाँस्दा खेल्दा 

आउँछ आमा तिम्रै सम्झना 

९ महिना बोकेर काखमा 

ल्यायाै आमा तिमीले मलाई  यो संसारमा 


आफ्नो आँसु लुकाई 

मलाई हाँसो दिई 

आमा हजुरको आभारी म छु  

आमा हजुरको सेवामा तत्पर रहने छु । 


आफूले नखाई 

खुवायाै मलाई 

तिम्राे त्याग र समर्पण

मेेराे लागि अमूल्य धन

मेरी आमा प्यारी आमा