Logo

Student Corner

नेपालको राजनीति

Written by: Remon Sangat - 25012, Grade X

Posted on: 07 June, 2022

नेपाली राजनीति विभिन्न अवस्था र समय पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ । नेपालमा किराँतवंश, लिच्छवीकाल,मल्लकाल, राणाकाल, शाहवंश हुँदै अहिले सङ्घीय गणतान्त्रिक राज्य बन्न पुगेकाे छ । नेपालमा धेरै वर्ष राणाहरूले शासन गरे । वि.सं. १९०३ जङ्गबहादुरबाट सुरु भएको राणा शासन मोहन शमसेरसम्म आइपुग्याे । राणा शासनको पतनपछि नेपालमा प्रजातन्त्रको उदय भयो । प्रजातन्त्र पनि धेरै समय रहेन । त्यसपछि राजाले पञ्चायती व्यवस्थाको सुरुवात गरे । राजनीतिक दलहरू जेल चलान गरिए । पुनः राजाका विरुद्ध आन्दोलन भयो । राजाले बाध्य भएर तिनै राजनीतिक दलहरूलाई फुकुवा गरे । वि.सं. २०४७ सालमा नेपालमा नयाँ संविधान आयो । त्यसपछि माओवादीको सशस्त्र युद्ध सुरु भयो । वि.सं. २०६२ / ०६३ मा माओवादी पनि युद्ध छोडेर नेपाली राजनीतिमा आयो । सबै राजनीतिक दल मिलेर राजा फाले । अनि नेपालमा राजतन्त्रको अन्त्य भयो । त्यसपछि संविधान सभाको चुनाव भयो । 

पहिलाे संविधान सभाकाे चुनावबाट नयाँ संविधान नबनेपछि फेरि अर्काे चुनाव भयाे र नेपालकाे संविधान  २०७२ लागु भयाे । नयाँ संविधान बनेपछि पनि नेपालकाे राजनीतिक र आर्थिक अवस्था त्यति राम्राे भएकाे छैन । जनताले चाहेअनुसारकाे विकाश निर्माणका काम जनप्रतिनिधिले गर्न सकेका छैनन् । देशमा राेजगारीका अवसर सृजना हुन सकेकाे छैनन् । आशा गराैँ अब नेपाली जनताले चाहेअनुसारका काम हाम्रा जनप्रतिनिधिले  छिट्टै गर्नेछन् । अन्तराष्ट्रिय स्तरमा नेपालकाे राजनीति एउटा उदाहरणकाे रूपमा हुनेछ  ।