Logo

Student Corner

आमा

Written by: Prasiddhi Dangol - 28009, Grade VII

Posted on: 07 June, 2022

 जीवन दिने सास दिने तिमी

 कठिन  परिस्थितिमा साथ दिने तिमी

 कति माया गर्छु अक्षरले व्याख्या गर्दैन

 प्राण दिन तयार कहिल्यै साथ छोड्दिन ।


नौ महिना कोखमा राख्यौ तिमीले

स्यारसुसार औधी माया गर्‍याै तिमीले

 तिम्रो मायालाई पैसाले किन्न सकिँदैन

 मरेपछि फर्कन मिल्दैन ।


बिरामी हुँदा हेरचाह गर्ने तिमी

 मिठा-मिठा भोजन बनाउने तिमी

 दुखी भएमा खुसी बनाउन जान्दछ्याै 

लड्दा फेरि उठ्न सिकाउछ्याै । 

 

तिम्रो हेरचाह गर्ने हो मेरो कर्तव्य

 तिमीलाई सधैँ खुसी राख्ने मेरो लक्ष्य

 तिम्रो योगदानलाई कहिल्यै बिर्सिदिन

सधैँ नरहे पनि माया भुल्दिन